२०८१ जेठ ६ , आइतवार

पाँच दिनदेखि बालक बेपत्ता

सुनाखरी न्युज / काठमाडौं –  बैतडीको पञ्चेश्वर गाउँपालिका–४ कनिना डङाका १४ वर्षीय रमेश भट्ट बेपत्ता भएका छन् । उनी पाँच दिनदेखि सम्पर्कमा छैनन् ।

सुस्तमनस्थितिका भट्ट गत आइतबारदेखि घरबाटै बेपत्ता भएका हुन । उनको परिवारले खोजतलास गरिदिन प्रहरीमा निवेदन दिएको छ ।

 

भट्टको खोजी जारी रहेको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । रासस