२०८१ बैशाख २२ , शनिवार

सानिमा बैंकको ए.टि.एम ताल्ती, धादिङमा

सुनाखरी न्युज/ काठमाडौं । रोराङ गाउँपालिका, धादिङका स्थानीयबासीहरु माझ वित्तीय पहुँच पु¥याउने उद्देश्यले सानिमा बैंक लिमिटेडले २०८० श्रावण १० गते, बुधबार बेनीघाट रोराङ गाउँपालिका, ताल्तीमा अवस्थित Hauxin सिमेन्ट नारायणी प्रा. लि. उद्योगको परिसरमाए.टि.एम.बुथको स्थापना गरेको छ ।

उक्तए.टि.एम बुथको एक समारोहका बीच बेनीघाट रोराङ गाउँपालिका वडा नं २ का अध्यक्ष हेमराज भुजेल, सो उद्योगका जेनेरल मेनेजर Xiang Chang Hong तथा बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठ तथा बाग्मति प्रदेश क्लस्टर २ का प्रमुख निरज सिम्खडाद्वारा संयुक्त रुपमा गर्नु भयो । समुद्घाटन समारोह लाई सम्बोधन गर्दै वडा अध्यक्ष हेमराज भुजेल तथा जेनेरल मेनेजर Xiang Chang Hongले यस गाउँपालिकामा बैंकिङ्ग सेवा विस्तार गरी वित्तीय पहुँच बढाउन सहयोग गर्नु भएकोमा बैंकलाई धन्यबाद दिनु भयो ।

त्यसैगरी बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठले यस क्षेत्रको जनताको वित्तीय आवश्यकता लाई महसुस गरी ए.टि.एम. स्थापना गर्न अवसर जुटाइदिनुहुने सम्पूर्ण सरोकारवाला लाई धन्यबाद ज्ञापन गर्दै उक्त ए.टि.एम.को भरपूर उपयोग गर्दै यस क्षेत्रका बासिन्दा लाभान्वित हुने विश्वास व्यक्त गर्नु भयो । साथै, आगामीदिनमा पनि वित्तीय पहुँचका अन्य क्षेत्रमापनि सहकार्य गर्दै जाने जानकारी गराउनु भयो ।

उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरु लाई धन्यबाद ज्ञापन तथा कार्यक्रमको संचालन सानिमा बैंकका डिजिटल बैंकिङ्ग प्रमुख बिक्रम श्रेष्ठले गर्नु भएको थियो ।सानिमा बैंकको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२३ वटा एटिएम संजालहरु रहेका छन् ।