२०८१ बैशाख २१ , शुक्रवार

शेयर बजारमा गिरावट, दुई अर्ब ४२ करोडको कारोबार

Share Down

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २९.७१ अंकले घटेर दुई हजार एक सय २६ दशमलब ४८ विन्दुमा बन्द भएको हो ।

 

त्यस्तै, आज दुई अर्ब ४२ करोड ५७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १६ कम्पनीको शेयरमूल्य बढेको छ भने १९३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

 

आज सबैभन्दा बढी किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १० करोड ५७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।