२०८१ बैशाख १५ , शनिवार

फोन आयात ३४ प्रतिशतले घट्यो

सुनाखरी न्युज/ काठमाडौं ।एक वर्षको अवधिमा मोबाइल फोन आयात ३४ प्रतिशतले घटेको छ।

 

भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा ४१ अर्ब १५ करोड रूपैयाँ बराबरको ६० लाख ३२ हजार मोबाइल सेट आयात भएको थियो। आर्थिक वर्ष २०७९/८० मा ३९ लाख ३५ हजार मोबाइल सेट आयात भएको विभागको तथ्यांकले देखाएको छ।

 

सो परिमाणको मोबाइल आयातको लागि २६ अर्ब ५१ करोड रूपैयाँ बाहिरिएको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा यो ३४ प्रतिशतले न्यून हो।