२०८१ बैशाख १५ , शनिवार

एसबी सोल्युसन्स र सिंगापुर स्थित फिनबोट्स डट एआइ बिच सहकार्य

सुनाखरी न्युज/ काठमाडौं । एसबी सोल्युसन्सले सिंगापुर स्थित फिनबोट्स डट एआइसँग सहकार्य गरेको छ । दुई कम्पनी बिच एआइमा आधारित क्रेडिट रिस्क मोडलिंग प्लेटफर्म क्रेडिटएक्स नेपालमा ल्याउनका लागि सहकार्य गरिएको हो ।

यस रणनीतिक साझेदारीले गर्दा नेपालका बैंक तथा अरु वित्तिय संस्थाहरुले एआइको प्रयोग गरिएको उत्कृस्ट डिजिटल जोखिम मोडलिङको अभ्यास प्रयोग गर्न सक्नेछन् । फिनबोट्सको एआइ क्रेडिटएक्सले क्रेडिट स्कोरिंगमा पनि धेरै नै सहयोग गर्ने गर्दछ । क्रेडिट एक्स धेरैले रुचाएका छन्, किनभने यसले एकदमै सही डेटा, छिटो समयमा दिने गर्दछ र उक्त प्रडक्ट तुलनात्मक रुपमा सस्तो पनि रहेको छ । फिनबोट्स डट एआइका संस्थापक तथा सिइओ सञ्जय उप्पालका अनुसार एसबी सोलुसनसँग सहकार्य गरेर क्रेडिटएक्सलाई नेपाल ल्याउन पाउँदा कम्पनी एकदमै खुशी रहेको छ । उनले कम्पनीको लक्ष्य एआइमा आधारित क्रेडिट स्कोरिंङ फिचर नेपाली वित्तिय संस्थाहरुलाई दिएर सशक्तिकरण गर्ने रहेको समेत बताए । यस सहकार्यले क्रेडिट अन्डरराइटिंङको प्रक्रियालाई पनि सहज पुर्याउने दुवै कम्पनीको विश्वास छ ।

यस प्रडक्टको प्रयोग मार्फत स्वीकृति दर २० प्रतिशतले र घाटा दर १० प्रतिशतले कम हुने कम्पनीले दाबि गरेको छ । क्रेडिटएक्सले परिचालन दक्षता २० प्रतिशतले वृद्धि र लागत २० प्रतिशतले कम गर्नका लागि पनि मद्दत गर्छ । एसबी सोल्युसन्सका संस्थापक तथा सिइओ सन्जोग मिश्राले क्रेडिटएक्सले एसबी सोल्युसन्सको इनोभेटिम सोल्युसन प्रदान गर्ने लक्ष्यसँग मेल खाने हुँदा सहकार्य प्रति एकदमै हर्षित रहेको जनाएका छन् । एसबी सोल्युसन्स र फिनबोट्स डटएआइ दुबै एआइ–संचालित क्रेडिट स्कोरकार्डहरूको सहज एकीकरण सुनिश्चित गर्नका लागि नेपालमा वित्तीय संस्थाहरू, नियामकहरू र उद्योग सरोकारवालाहरूसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । जसले, देशमा वित्तीय समावेशीकरण र दिगो आर्थिक वृद्धिलाई अगाडि बढाउँउन मद्दत गर्ने कम्पनिको बुझाइ छ।