२०८१ जेठ ६ , आइतवार

तोलामा ५०० सयले बढ्यो सुन

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो।

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो।