२०८२ चैत्र ४ , बुधवार

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, बैठकका निर्णयहरु आज सार्वजनिक गरिने

Nepali Congress

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउसो ४ बजे बस्दैछ । आजको बैठकमा छ दिनसम्म चलेको केन्द्रिय समितिको बैठकको निर्णय सार्वजनिक गरिंदैछ ।

 

गत साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिसके पछि गत सोमबारदेखि भने पार्टी पदाधिकारीले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा केन्द्रीय सदस्यहरूले राखेका धारणा तथा छलफलका विषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएको छ ।

 

आजको बैठकमा महामन्त्रीको प्रस्तावमाथि भएको दुइपक्षीय बहसलाई कांग्रेसले कसरी अवतरण गराउला आम चासो विषय बनेर रहेको छ । नेपाली काँग्रेसको बैठकमा खासगरी सरकारमा काँग्रेसको भूमिका, गठबन्धनको औचित्य र आगामी दिनमा काँग्रेसको आन्तरिक एकता मुलभूत रुपमा उठेका थिए ।