२०८१ बैशाख १९ , बुधवार

सफ्टवेरिकाकलेजद्वारा आयोजित “टेक–एक्स २०२३”, यहीँजुलाई २७ देखि जुलाई ३० सम्महुने

सुनाखरी न्युज/ काठमाडौं । आईटी तथा ईकमर्स कलेजको रूपमा परिचित सफ्टवेरिकाकलेजमा स्मार्ट प्रविधिको प्रदर्शनी आयोजनाहुने भएको छ । आउँदो बिहीबारदेखि डिल्ली बजार काठमाडौँ स्थित कलेज परिसरमा अध्ययनरत विद्यार्थीले तयार पारेकाप्रोजेक्टहरूको चार दिने प्रदर्शनी शुरु हुने भएको हो ।

आईतबारसम्मचल्ने उक्तप्रदर्शनीमा रोबोटहरूको वार मुख्य आकर्षणको रूपमा रहने आयोजककलेजले जनाएको छ । यस प्रदर्शनीको उद्घघाटन नेपाल सरकारका सञ्चार तथा सुचनाप्रविधिमन्त्री रेखाशर्मा द्वारा हुनेछ । यसका साथै एआई र साइबर सुरक्षा क्षेत्रमाविद्यार्थीहरूले तयार पारेकाविभिन्नप्रोजेक्टहरू समेत हेर्न पाइनेछ । प्रदर्शनीमानवप्रवर्तन सम्बन्धी ३० भन्दा बढी प्रोजेक्टका स्टलहरू रहने छन् । जसमा स्मार्ट ग्लास (चस्मा) तथा स्मार्ट ब्लाइन्ड स्टिक (दृष्टि विहीनले प्रयोग गर्ने छडी) र होम सेक्युरिटीसहित घरमाअनधिकृत व्यक्तिको घुसपैठ भएको थाहापाउने सिस्टम रहेका छन् ।

यसैगरी कोलोनीकालागिआगलागी सम्बन्धी सुचनादिने फायर अलार्म सिस्टम, स्मार्ट वाच, हेल्थ मनिटरिङ सिस्टम, स्मार्ट ट्राफिक व्यवस्थापन प्रणालीका साथै स्मार्ट प्रिसिजनएग्रिकल्चर सम्बन्धीप्रोजेक्ट समेत राखिने छन् । यस बाहेक रिमोट मनिटरिङसहित डढेलो लागेको पहिचान गरी जानकारी दिने सिस्टम, फिल्ड मनिटरिङ तथाबालीनिरीक्षण सिस्टमका लागिअग्मेन्टेड रियालिटी (एआर) र प्लानेटरी एक्सप्लोरेसन रोबोट पनिकलेजकाविद्यार्थीहरूले बनाएका छन् ।

स्मार्ट फोहोर व्यवस्थापन प्रणाली, अण्डा कोरल्ने स्मार्ट सिस्टम, स्मार्ट डुङ्गा, स्मार्ट हाइड्रोपोनिक, सर्भिलेन्स मिलिट्री रोबोट लगायतकानवीनतम परियोजना समेत प्रदर्शनीमा देखिने छन् । यहीसाउन११–१४सम्मचल्ने मेलाबिहान १० बजेदेखि बेलुका ५ बजेसम्मनिःशुल्क रूपमाअवलोकनगर्न सकिनेछ । बेलायतको कोभेन्ट्री युनिभर्सिटीबाट सम्बन्धनप्राप्त यस कलेजमाइथिकलह्याकिङ तथा साइबर सेक्युरिटी, कम्प्युटिङ, डेटा साइन्स तथा कम्प्युटेसनल इन्टेलिजेन्स लगायतकाविषयहरूको अध्यापनहुने गरेको छ । कलेजमाअध्ययनरत विद्यार्थीहरूले तयार पारेकाप्रोजेक्टहरू सार्वजनिकगर्न हरेक वर्ष प्रदर्शनीआयोजनाहुँदै आएको छ ।आईओटी एक्सपोको रुपमा परिचित सफ्टवेरिकाको प्रदर्शनी यस पटक भने टेक एक्सपोको नाममा प्रस्तुतगर्रिदैछ ।