२०८१ बैशाख २३ , आइतवार

आज्ञा चक्र नै बक्र भयाे भने…ताउर माउर गर्दैमा सुचक्र बन्न सक्छ मान्छेकाे जीवन चक्र ?

गोपाल ढकाल । जीवन विज्ञानले मूलाधार चक्र , स्वाधिष्ठान चक्र , मणिपुर चक्र , अनाहत चक्र र विशुद्ध चक्रलाई सत्य , चैतन्य र सजगताका साथ नित्य – सचेत र नित्य – नवीन बनि आत्म- अनुशासनको पालना गरेमा …. सर्वश्व गुमेपनि धैर्यता र आँट गुमेन भने … सबै चिज फेरि प्राप्त हुन्छ भन्ने उन्नत ज्ञान सिकाएकाे छ ।

चक्र विज्ञानमा मान्छेकाे ७ वटा मेरूदण्डीय चक्र बारे व्यबहारिक वर्णन गरिन्छ । त्यसमध्ये माथि उल्येखित ५ वटा चक्रका सकारात्मक र नकारात्मक पक्षबारे सुनाखरी न्युज अनलाइन बाट पहिले नै लेखिसकेकाे छु । किन्तु आज भने यसैलाई निरन्तरता दिदै छैटौं चक्रका रूपमा रहेकाे आज्ञा चक्रलाई जाेडेर लेख्दैछु जसलाई दिव्य नेत्र भनिन्छ । श्रीमद्भागवत गीतामा मेरूशीर्ष भनिएकाे आज्ञाचक्र लाई सुचक्रमा राखियाे भने ३२ प्रकारकाे अनुभव प्राप्त हुने हुनाले त्यस्ताे मान्छेलाई ३२ लक्षणले युक्त भएकाे मानिन्छ । आज्ञा चक्रले विचार, बाेली र कर्मलाई एकाकार गराउछ । जसले स- साना सङ्कल्प पनि पुरागर्ने अभ्यासकाे थालनी गराउछ । त्यस्ताे आत्मसाक्षात्कार सहितकाे अभ्यास बलले नै मान्छेकाे प्रगतिशील जीवन चक्र उन्नत बनाउने हाे ।

 

जब मान्छेकाे प्रगतिशील जीवन चक्र उन्नत हुँदै जान्छ त्यसपछि उसले निष्काम कर्मले , निष्पाप मनले, निधर्म हृदयले अनि निर्बन्ध चाहनाले याेग , ध्यान र साधनाका लागि पूर्ण वृतमा रहेर कामगर्न थालेपछि मान्छेकाे जीवनमा अपूर्णताकाे कहिल्यै अभाव हुदैन । यसरी आज्ञा चक्र सुचक्र बनाएर मान्छेमा सकारात्मक उर्जा प्रवाह गराउने प्रकाशकाे प्रकटीकरण लाई नै जीवन विज्ञान भनिएकाे हाे । किन्तु आज्ञा चक्र बक्र भयाे भने …. अहंकार नामक राक्षसले उसलाई आफुजस्तै कर्मगर्ने साथी बनाउछ । दमन र पाशविक बललाई नै उसले कर्म , कर्तव्य र दायित्व सहित अधिकारकाे ठेकेदार बनाउछ । आफुलाई कामरूपी देव ठान्दै विलासितारूपी देवीहरू लाई वरिपरि राखेर मेराे पूजा गर …… भन्दै कामरूपी देव र विलासितारूपी देवीकाे मन्दिर बनाउन लगाउदै …… ….. धनलाई उसले त्याे मन्दिरको पुराेहित बनाउछ ।

 

आज्ञा चक्र बक्र भई धर्म प्रतिकाे आस्था र मधुर सहानुभूति हरू हराउदै गएपछि नै मान्छेहरू नीरिश्वरवादी ( नास्तिक ) बन्ने हाे । जब मान्छे नास्तिक बन्छ त्यसपछि उसले जडता सिकाउछ , जडतामा नै रमाउछ र जडताकै बलमा दमन र पाशविक बल तयार गरि धर्मान्तवादी मानव आत्मालाई तिनै कामरूपी देव र विलासितारूपी देवीकाे पूजागर्ने बलिकाे सामाग्री बनाउछ । यसरी भाैतिक वादकाे जडतामा रमाउने नास्तिक हरूले ईश्वर छैन मर्‍यो …… भन्दै आज्ञा चक्रबाट बक्र भएर कामेन्द्रिय वासनामा रमाउदै हिडेपनि याेग , ध्यान र प्राणायाम बिना सम्पत्ति र शक्तिका सामुन्ने नतमस्तक भएर प्राप्त गरेका सारा श्राेतहरू एकदिन विस्मृतिको गर्भमा पुगेर हराउने छ भन्दै जीवन विज्ञानले उपदेश दिएकाे छ ।

जीवन चक्रकाे साताैं मेरूदण्डीय चक्रका रूपमा रहेकाे सहस्रार (सहस्रदल कमल ) चक्र बारे फेर आउने छ ….. जसलाई विशुद्ध ब्रह्म भनिन्छ ।