२०८१ बैशाख १९ , बुधवार

नयाँ मास्टर डिजाइन र २०० एमपिको शक्तिशाली क्यामरा भएको रियलमी ११ प्रो सिरिज ५ जी नेपालमा सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । सबैभन्दा विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको बहु—प्रतिक्षित रियलमी ११ प्रो सिरिज ५जी नेपाली बजारमा उपलब्ध भएको छ ।

 

रियलमी ११ प्रो ५जी र रियलमी ११ प्रो प्लस ५जी गरी दुई भेरीयन्टहरु नेपालीबजारमा सार्वजनिकगरिएको हो । रियलमी ११ प्रो प्लस ५जी यस वर्षको उत्कृष्टफ्ल्यागशिपक्यामरा फोन हो जसले फोटोग्राफीमा रुची राख्नेहरुको लागि एउटा नयाँँ स्तर निर्धारण गरिदिएको छ । नयाँँ रियलमी ११ प्रो सिरिज ५जीको क्यामरा मात्रनभएर डिजाइन पनिउत्तिकै दमदार र लक्जरियस रहेको छ । प्रसिद्ध ब्रान्ड गुचीकापुर्व प्रिन्ट र टेक्सटाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा रियलमी ११ प्रो ५जी र रियलमी ११ प्रो प्लस ५जीको डिजाइन गरिएको हो ।

 

लन्चमाबोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिशगिरीले भन्नुभयो, “हामी सदैव नयाँँमोडल ल्याउनु भन्दा अगाडि यो कुरा सुनिश्चितगर्दछौँ कि अगाडिको मोडल भन्दाअहिलेको मोडल केही न केही कुरामालिपफर्वार्ड होस् अर्थात या त डिजाइन, या त क्यामरा, या त प्रोसेसरमाअपग्रेड होस् । हाम्रो ब्रान्डको “डेयर टु लिप“भन्ने मान्यतामाआधारित रहेर हामी यो कोशीस गर्दछौँ कि हाम्रानयाँ सेटहरुले बजारमा स्मार्टफोनको गुणस्तरको मान्यतालाई अझ बढाओस्। यसै सन्दर्भमाहामीले रियलमी ११ प्रो प्लस ५ जी र रियलमी ११ प्रो ५जी नेपालीबजारमा सार्वजनिक गरेका छौँ । नयाँ रियलमी ११ प्रो प्लस५जी को डिजाइन र क्यामरामाव्यापकअपग्रेड गरिएको छ जसले गर्दा यो फोटोग्राफर, गेमर लगायत स्टाइलिश स्मार्टफोन बोक्न रुचाउने जो सुकैको लागिपहिलो रोजाइबन्नेछ भन्नेमाहामीविश्वस्त छौँ । साथै अहिलेसम्म हामीलाई यसरी नयाँ–नयाँँअपग्रेड सहित रियलमीफोनहरु बजारमाल्याइरहन प्रेरित गर्नुहुने समस्त नेपालीउपभोक्ताहरु प्रतिहार्दिक आभार पनि प्रकट गर्दछौँ ।”

रियलमीप्रो प्लस फाइभजीःविश्वकै पहिलो २०० एमपिको सुपर जूम र ४ गुनालसलेस जूमक्यामरा
रियलमी ११ प्रो प्लस ५जीमाभएको सबैभन्दामुख्यफिचर हो यसमाभएको २०० एमपिको ओआइएस सुपरजुमक्यामरा, जुन यो भन्दा अगाडिको कुनै पनि मिड रेन्जफोनमाथिएन। त्यसैले क्यामराको मामलामात यस सेग्मेन्टमा यसको प्रतिस्पर्धी छैन नै भने पनि हुन्छ । यसको क्यामरामा सामसँगको आइसोसेल एचपि ३ सुपरजुम सेन्सर रहेको छ जसको सेन्सर साइज १÷१.४ इन्चको रहेको छ भने १.६९ को एपर्चर साइज रहेको छ। २०० एमपिको डाइरेक्ट आउटपुट सपोर्ट गर्ने यो क्यामराको हरेक पिक्सेलले फाइनलपिक्चरको गुणस्तरमाभूमिका खेल्दछ । त्यस्तै ४ गुणासम्मलसलेस जुम सपोर्ट गर्ने इन सेन्सर जुम टेक्न्लोजीले गर्दा रियलमी ११ प्रो प्लस फाइभ जीबाट फोटो खिच्दा टाढाबाट पनिअल्ट्रा हाइ रेजोलुसनको तस्बिर लिन सकिने कम्पनीले जनाएको छ। त्यस्तै यसको नयाँँ अटो जुमफिचरले एक ट्यापमै सेलेक्ट गरिएको एरियालाई स्वतःपहिचान गरेर इन्टेलिजेन्ट तरिकाले आफै एङ्गलमिलाएर जुम गर्छ ।

समग्रमाभन्नुपर्दा रियलमी ११ प्रो फाइभजीको क्यामराले एकदमै हाइ क्वालिटीको तस्बिरहरु खिच्न सक्छ, जुन यो मुल्यका अरु स्मार्टफोनहरुको क्यामराले सक्दैन ।
क्यामरा सेटिङमा सुपर आइओएस, सुपरनाइट इस्केप, मुनमोड र स्टारी मोडको साथ यो रियलमी ११को क्यामराले पक्कै पनिफ्ल्यागशिप लेभलको लिप गरेको छ । सेल्फीमा ३२ एमपिको सोनी सेल्फीक्यामरा दिइएको छ भने सुपर ग्रुपपोट्र्रेट मोड, वान टेक मोड र फ्यान फेभरेट स्ट्रिट फोटोग्राफिमोड ४.० जस्ता आकर्षक फिचरहरुले यस सेटलाई एक दमदार सेटको रुपमा उभ्याएका छन् ।
गुची प्रिन्ट प्रेरित लक्जरी ब्याक केस डिजाइन
रियलमी ११ सिरिजमा स्मार्टफोन इमेजिङ मात्रनभएर एस्थेटिक्समा पनिव्यापकअपग्रेड गरिएको छ । सनराइज बिज, ओसिस ग्रिन र अस्ट्रल ब्ल्याक जस्ता अत्यन्तै मनमोहक र सुन्दर रङहरुमाउपलब्धयीदुई सेटहरुको डिजाइन गुचीका प्रिन्ट र टेक्स्टाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमागरिएको हो । जसले गर्दा समस्तविश्वभरका युवाजमातहरुले लक्जरी ब्रान्डको हाइ एन्ड डिजाइनमा सहजपहुँचपाएका छन्।

रियलमी ११ प्रो प्लस फाइभजीक्यामरा र डिजाइनमा मात्रनभएर सबै कुरामा एक शक्तिशालीअल–राउन्डर हो। ५००० एमएएचको शक्तिशाली ब्याट्रि र १००वाटको सुपर भोक चार्जिङ सपोर्ट भएकोले गर्दा ब्याट्रि र ब्याकअपमापनि रियलमी ११ प्रो प्लस फाइभजीउत्कृष्ट रोजाईहो । साथै २०,००० लेभलको अटोम्याटिक ब्राइट्नेस एड्जस्टमेन्ट भएको १२० हर्जको कभ्र्ड भिजन डिस्प्ले र इन्डस्ट्रिकै सबैभन्दाउच्च २१६० हर्जको डिमिङ फ्रिक्वेन्सीका साथआएको यो रियलमी ११ प्रो प्लस फाइभजीवास्तवमै एक स्मार्ट युवाको लागि स्मार्ट छनोट हो।

रियल मी ११ प्रो फाइभजि२१६० हर्ज पिएमडब्ल्यु डिमिङ सहितको कर्भ्ड भिजन डिस्प्ले
रियलमी ११ प्रो फाइभजीपनि रियलमी ११ प्रो प्लस फाइभजीकै जस्तै प्रिमियम डिस्प्लेमाउपलब्ध छ। यसमाभएको अर्को बलियो पक्षभनेको २१६० हर्जको पिएमडब्ल्यु डिमिङ सहितको १२० हर्जको कर्भ्ड डिस्प्ले पनिहो। यो भन्दा अगाडिको कुनै पनि ब्रान्डको मिड रेन्जफोनहरुको कर्भ्ड डिस्प्लेमायत्ति धेरै डिमिङ पावर हुँदैन थियो । त्यस्तै यसमा सनलाइट स्क्रिन र २०००० लेभलको अटोम्याटिक ब्राइटनेस एड्जस्टमेन्ट पनि रहेको छ।प्रयोगकर्ताको आँखाको सुरक्षा र सुविधालाई मध्यनजर गरेर यसको डिजाइन गरिएकोले रियलमी ११ प्रो सिरिजले टियूभि रेनल्यान्डको दुईवटा प्रतिष्ठित आइप्रोटेक्सन सर्टिफिकेट पनिपाएको छ ।

ग्राउन्ड ब्रेकिङ स्क्रिन टेक्नोलोजी त छँदैछ , यसमापनि रियलमी ११ प्रो प्लस फाइभजीकै जस्तै एस्थेटिक डिजाइन छ । यसको मेन प्याटर्नलाई नै सनराइजबिज, ओसिस ग्रिन, अस्ट्रल ब्ल्याक जस्ता सुन्दर रङहरु दिइएको छ जसले गर्दा हेर्दै खेरि अलिकलक्जरियस फोन जस्तो देखिन्छ। क्यामराको कुरा गर्नुपर्दा रियल मी ११ प्रो ५ जिमा १०० एमपिको प्रोलाइट क्यामरा रहेको छ जसले १०० एमपिकै डाइरेक्ट आउट्पुट सपोर्ट गर्छ । त्यसतै यसको सेन्सरले २ गुणा लसलेस जुमपनि सपोर्ट गर्छ । अटो जुममोड, सुपर नाइट एस्केप मोड, स्ट्रिट फोटोग्राफिमोड ४.० जस्ता आकर्षक फिचरहरु यसको क्यामरामा रहेको छन् ।

कमपावरमापनिहाइपर्फर्मेन्स गर्ने भएकोले एवमपर्याप्त स्टोरेज भएकोले रियलमी ११ प्रो वास्तवमै एउटा असली फ्ल्यागशिप स्मार्टफोन हो । डाइमेन्सिटी ७०५० फाइभजीचिपसेट राखिएको यो फोनको ¥याम १२ जीबीको छ भने रोम २५६ जीबिको रहेको छ । रियलमी यु आइ ४.० माचल्ने यस सेटको ब्याट्रि पनि ५००० एमएएच्को छ भने ६७ वाटको सुपरभोक चार्जिङ सपोर्ट गर्छ ।

 

रियलमी ११ प्रो+ ५ जी १२÷२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ६१,९९९ रहेको छ। रियलमी ११ प्रो+ ५ जीदुईवटा कलर अप्सनहरुमाउपलब्ध छ ः सनराइज बेज र ओएसिस ग्रीन । त्यस्तै रियलमी ११ प्रो ५ जी ८÷२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ४७,९९९ रहेको छ। रियलमी ११ प्रो ५ जीदुईवटा कलर अप्सनहरुमाउपलब्ध छ : सनराइज बेज र एस्ट्रल ब्ल्याक ।

रासस