२०८१ बैशाख १९ , बुधवार

ठमेलमा लोकप्रिय बबल टी ‘चाटाइम’, पारखीको थामिनसक्नु भिड

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौंको ठमेलमा पूर्वी एसियाली मुलुक ताइवानको प्रख्यात बबल टी ‘चाटाइम’को आउटलेट खुलेको छ । साउन ७ गते आइतबारबाट सुरु भएको ‘चाटाइम’मा पारखीको थामिनसक्नु भिड लागेको छ ।

काठमाडौं गेस्ट हाउसनजिकै यशु श्रेष्ठ, अकृति सिंह र विलशा श्रेष्ठको संयुक्त लगानीमा चाटइमको आउटलेट खुलेको हो । सञ्चालकहरुका अनुसार बबल टी अन्य चिया जस्तो तातो हुँदैन । यो चिसो पेय हो । यो चिया आइस टी जस्तै हुन्छ । बबल टीलाई पर्ल मिल्क टी, टोपिका मिल्क टी, बोबा टी लगायत नामले चिनिन्छ । यो पेय पदार्थले गर्मी मौसममा शितलता प्रदान गर्ने बताइएको छ ।

बबल टी ताइवानको लोकप्रिय चिसो चिया हो । सन् १९८० को दशकमा यो चिया पहिलोपटक ताइवानमा सुरु गरिएको हो । सन् १९९० को दशकमा यो अमेरिका हुँदै विश्वका अन्य देशमा छाउन थाल्यो । नेपालमा यस्तो चिया भित्रिएको केही वर्ष मात्र भएको छ । सञ्चालकहरुका अनुसार कतिपय देशमा बबल टी चिसो र तातो दुवै स्वादमा तयार गरिन्छ । ‘बबल टीमुख्यतया दुई किसिमले तयार गरिने भए पनि पछिल्लो समय यसका प्रकार स्वाद अनुसार अनेक छन्,’ चाटाइम सञ्चालकमध्येकी एक यशु श्रेष्ठले भनिन् ।

उनका अनुसार बबल टीको लागि प्रयोग हुने मुख्य सामग्री टापियोका पर्ल हो, जुन पिँडालुको पिठोबाट बनाइन्छ। यो निकै कोमल र चुइङगम जस्तै हुन्छ । यो कफीया टी फ्लेवर पाउडर, क्रिम फ्लेवर पाउडर, जुस फ्लेवर पाउडर’मा उपलब्ध हुन्छ । टी हाउस या सुपरमार्केटमा बबल टीका लागि चाहिने अधिकांश सामग्री उपलब्ध हुने हुँदा स्वास्थ्यका हिसाबले यसलाई आफैंले घरमा बनाएर पिउँदा पनि राम्रो हुने उनको भनाइ छ । ‘उचित तरिकाले तयार गरी प्रयोग गर्दा स्वास्थ्यका लागिफाइदाजनक हुने बबल टी नेपालीहरुबीच पनि लोकप्रिय बनेको छ,’ उनले भनिन् ।

उच्च गुणस्तर कायम गरी स्वादमा एकरुपता कायम गर्ने हेतुलेताइवान बाट नै ‘चाटाइम’ का एक्सपर्ट सेफहरूले हाल तालिम उपलबध गराइरहेको उनले बताइन । चाटाइममा बबल टी पारखीको भिड लागेको उनले जानकारी दिइन् । चाटाइमप्रति युवा–युवतीको आकर्षण देखेर आफूहरु दंग परेको उनको भनाइ छ । आउने दिनमा उपयुक्त स्थानमा चाटाइमको थप आउटलेट विस्तार गर्दै जाने योजना उनीहरुले बनाएका छन् ।