२०८१ जेठ ६ , आइतवार

मेट्रो ट्राफिक एफ. एम को ११ औँ वार्षिक उत्सव सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । मेट्रो ट्राफिक एफ. एमले ११ औँ वार्षिक उत्सव मनाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आज सरोकारवाला निकाय तथा विज्ञापनदातालाई सम्मान र अन्तरक्रिया कार्यक्रम गरी  बार्षिक उत्सव मनाएको हो ।
May be an image of 6 people, dais and text
 सो अवसरमा मेट्रो ट्राफिक एफएम व्यवस्थापन समितिका अध्यक्ष तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोख्रेलले एफएमलाई सहयोग गर्ने सूचना दाताहरू र विज्ञापनदाताहरूलाई कदरपत्र र एमएममा कार्यरत उत्कृष्ट ३ जना प्रहरी कर्मचारीहरुलाई  प्रंशसापत्र  प्रदान गर्नुभयो ।  सडकमा विभिन्न कारणले हुने सवारी दुर्घटना, ट्राफिक जाम लगायतका विभिन्न सूचनाहरू प्रवाह गरी सडकमा हुने जाम, चापलाई न्युनिकरण गर्नमा ट्राफिक एफ एमले महत्वपूर्ण भुमिका खेलेको प्रहरी नायव महानिरीक्षक पोख्रेलले बताउनु भयो ।
May be an image of 4 people, dais and text
विक्रम संवत २०६८ पौष २६ गतेबाट सञ्चालनको इजाजत पाएको ट्राफिक एफ.एमले २०६९ जेठ २५ गतेबाट आफ्नो परिक्षण प्रसारण आरम्भ गरेको थियो । एफ.एमले २०६९ सालकै साउन ८ गतेबाट नियमित प्रसारण सुरु गरेको थियो । ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षामा जनमानसलाई सुःसुचित गर्दै आएको यस एफएममा  जनचेतनामुलक, सूचनामुलक र मनोरञ्जनात्मक लगायत विविध कार्यक्रमहरु प्रसारण हुँदै आएका छन् ।