२०८१ बैशाख २१ , शुक्रवार

नेप्सेमा गिरावट, एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

Share Down

सुनाखरी न्युज/ काठमाडौं । शेयर लगानीकर्ताहरुलाई नेपाल राष्ट्र बैंकले सार्वजनकि गरेको मौद्रिक नीतिले उत्साह नदिएको पाइएको छ । मौद्रिक नीति सार्वजनिक भएको दिन आइतबाट उच्च अंकले बढेको शेयर बजार आज भने घटेको छ ।

मौद्रिक नीतिले दिएको आश्वासन लगानीकर्ताले नपत्याउँदा आज नेप्से घटेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २६.६६ अंकले घटेर दुई हजार दुई सय दशमलब ५० विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज चार अर्ब ७३ करोड ७६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ५० कम्पनीको शेयरमूल्य बढेको छ भने १६३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा किसान लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

 

आज सबैभन्दा बढी सिटिजन्स म्युचुअल फण्ड–२ र कुमारी इकयुटी फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६.९३ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको आज २५ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।