२०८२ चैत्र ४ , बुधवार

आईएमएफको मिसन टोलीले भेट्यो आयोग उपाध्यक्ष, १६ औँ योजना लगायतका विषयमा चासो

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ समक्ष अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ‘मिसनचिफ’ टिडाइन किन्डा नेतृत्वको टोलीले भेट गरेको छ ।

आईएमएफको नयाँ मिसन चिफको रुपमाआएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग सिंहदरबार स्थित आयोग कार्यालयमा शिष्टाचार भेट गरेको हो । भेटमा आइएमएफले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६ औँ योजना तर्जुमाको विषयमा चासो राखेको थियो । १६ औँ योजना सँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना पव्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट (पीमा) सझुाव कार्यान्वयनको स्थिति, अल्पविकसित मुलुकको श्रेणी बाट स्तरोन्नती, पुँजी खर्चको अवस्था तथा नेपालको अर्थतन्त्रका तत्कालिन र दीर्घकालिन चुनौतीहरुका विषयमा समेत छलफल भएको थियो ।

छलपछि पछि आयोग उपाध्यक्ष श्रेष्ठले नेपाल लाई गर्दै आएको सहयोगका लागि आईएमएफको टोलीलाई धन्यबाद दिएका थिए । जुलार्ई २० मा नेपाल आएको आइएमएफको मिन टोली २६ जुलाईसम्म नेपालमा रहने छ । भेटघाटमा आईएमएफका देशीय प्रतिनिधि टेरेसा डवानसान्चेज र आयोगका अधिकारीहरु सहभागी थिए ।