२०८१ जेठ ६ , आइतवार

सुनचाँदीको भाउमा गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा आज लगातार तेस्रो दिन पनि सुन–चाँदीको भाउमा गिरावट आएको छ। गत शुक्रबारदेखि सुन–चाँदीको भाउमा गिरावट आइरहेको छ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।

 

सुनको भाउ तोलामा हिजो आइतबार ५०० रुपैयाँ र गत शुक्रबार ८०० रुपैयाँले घटेको थियो। आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार र हिजो आइतबर चाँदीको भाउ तोलामा १५–१५ रुपैयाँले घटेको थियो।