२०८१ जेठ ६ , आइतवार

ललितपुरमा सिक्रि बनाऊने एडभान्स तालीम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं ।
ललितपुर महानगरपालिकाको आयोजना र ललितपुर सुनचांदी ब्यवसायी संघको संयोजनमा संचालित एडभान्स सिक्रि बनाऊने तालीम समापन भएको छ । तालिममा सहभागीभएकाहरुलाई आइतबार एक बिशेष कार्यक्रमकावीच प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

ललितपुर सुनचांदी ब्यवसायी संघका अध्यक्ष सुविन शाक्यले तालिम उपलब्धीमूलक भएको बताउनुभयो ।

त्यस कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य, उपाध्यक्ष पवल कुमार सोमानी, सचिव किरण भाई बज्राचार्य, ललितपुर महानगरपालिका उपप्रमूख मन्जली शाक्य लगायतको सहभागिता रहेको थियो ।