२०८१ बैशाख २१ , शुक्रवार

सिटिजन्स बैंक र दमोक्क्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बार बीच समझदारी

सुनाखरी न्युज/ काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ज्ञानेश्वर,काठमाडौं स्थित दमोक्क्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बार प्रा.लि.बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरू लाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले दमोक्क्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बारमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्य बाट बैंकका ग्राहकहरु लाभान्वितहुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्गमा ध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरु लाई डिजिटल माध्यम बाट भुक्तानीगर्न प्रोत्साहनगर्न समय समयमा ग्राहक मैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

 

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६लाखभन्दा बढी ग्राहक वर्ग लाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।