२०८१ बैशाख २१ , शुक्रवार

कामना सेवा विकास बैंक र नेपाल हाउस रेस्टुरेन्ट एण्ड बार बीच मर्चेन्ट सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल हाउस रेस्टुरेन्ट एण्ड बार प्रा लि बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवाविकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले बालुवाटार, काठमाडौं स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्तगर्न सक्नुहुनुछ ।

बैंक सँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्तगर्न सकिनेछ । यस सम्झौता बाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभलिने बैंकले विश्वास लिएको छ ।