२०८१ बैशाख २१ , शुक्रवार

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सांग्रिलाको आर्थिक सहयोग

सुनाखरी न्युज/ काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा महिला आदर्श सेवा केन्द्र लाई आर्थिक सहयोग अन्र्तगत चेक हस्तान्तण गरी सहयोग गरेको छ ।

यस महिला आदर्श सेवा केन्द नेपाली महिलाहरुमा चेतना जगाउने र आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले बि. सं २०४० मा स्थापना भएको संस्था हो । यस वीच सो संस्थाले महिला वर्गलाई विभिन्न शिपमूलक तालिम प्रदान गर्दै आइरहेको छ । अहिले संस्थाले आफ्नै भवन निर्माण गरिरहेको क्रममासो निर्माणमा सघाउन सांग्रिला डेभलपमेन्ट बैंकले केही आर्थिक सहयोग उपलब्ध गराएको हो ।

उक्त महिला आदर्श सेवा केन्द्र लाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले चेक हस्तान्तरण गर्नुभएको थियो । यस किसिमको सहयोगले उक्त केन्द्र लाई ठूलो मद्दत पुगेको कुरा व्यक्तगर्दै सो महिला आदर्श सेवा केन्द्र का अध्यक्ष निरु श्रेष्ठले आफ्नो विचार राख्नु भयो ।

सांग्रिला डेभलपमेन्ट बैंकले देशभर रहेका आफ्ना ११२ शाखा कार्यालय मार्फत समय समयमा यस किसिमको सामाजिक उत्तरदायित्व वहन गर्दै आएको व्यहोरा समेत अवगत गराउँदछौ ।