२०८१ जेठ ६ , आइतवार

बिरौटा साझा चौतारीको नवौं चार्टर नाइट

सुनाखरी न्युज/ पोखरा । लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीको शनिबार एक कार्यक्रमका विच नवौं चार्टड नाइट कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एमका भाइस डिष्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै अर्यालले क्लबले गरेको कामप्रति उच्च सम्मान व्यक्त गर्दै अझ रचनात्मक र समाजमा आवश्यक परेको क्षेत्रमा सहयोग गर्न आग्रह गरे । स्पोन्सर क्लव लायन्स क्लव अफ पोखरा सृजना चौतारीका सिनियर एड्भाइजर बिना गुरुङले क्लवले स्थापनाको छोटो समयमा गरेको सफलताको प्रशंसा गरिन् । उनले डिष्ट्रिक टुक्रिँदा आफ्नै सन्तान आफुबाट छुट्टिएर गएकोजस्तो महशुस गरेको बताइन् ।

कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष दुर्गाकुमारी आचार्यले क्लवको बारेमा बोल्दै छोटो समयमा क्लवले समाजमा बनाएको उचाईंलाई निरन्तरता दिन आग्रह गरिन् । संस्थाका अध्यक्ष लक्ष्मी बराल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एमका सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर धनिराम बराल, सिनियर एडभाईजर मैना अर्याल , पढाऔं अभियानका चिफ पुष्पाकुमारी आचार्य, रिजन चेयर पर्सन भोजराज बराल, जोन चेयर पर्सन गिता पराजुली, दयाराम सापकोटा लगायतले बोलेका थिए । क्लबका प्रथम उपाध्यक्ष मेनका पौडेल को संयोजकत्व मा भएको कार्यक्रमको सञ्चालन सचिव अमृता अधिकारीले गरेकी थिइन् ।
महिला मात्रै सदस्य रहेको क्लवले सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ । क्लवमा ३४ जना सदस्य छन् ।