२०८१ बैशाख २३ , आइतवार

मुलुक र माटो लाई माया गर्ने राष्ट्रवादीहरुको आवश्यकता

जनकराज पाठक । ०४६को परिवर्तन पछि मुलुक र माटो लाई माया गर्ने राष्ट्रवादी हरुको अगुवाइमा राष्ट्रियता प्रति इमानदार,प्रजातन्त्र प्रति प्रतिबद्ध,उदार आर्थिक चिन्तन वोकेको एक राजनैतिक दलको आवश्यकता महसुस गरि पंचायति व्यवस्था लाई सफल नेतृत्व दिएका दुई पुर्व प्रधानमन्त्री सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको अध्यक्षतामा राप्रपा(थापा)राप्रपा(चन्द)नामको दुई छुट्टाछुट्टै दल स्थापना भयो। एउटै राजनीतिक दल स्थापना गर्ने सहमति भएपनि विविध कारण ले दुई दल स्थापना हुन पुग्यो।

०४८ को आम चुनावमा राप्रपा(चन्द)वाट ३ जना डा.प्रकाशचन्द्र लोहनी ,पशुपतिशमशेर जवरा र रामकृष्ण आचार्य निर्वाचित भय भने राप्रपा(थापा) वाट अकवर बहादुर सिंह निर्वाचित भएका थिए । ०४८ को निर्वाचन पछि मध्यमार्गी राजनैतिक दलको रुपमा स्थापित राप्रपा दुई वटा हुनु हुदैन भनेर एकीकरण गरियो र यसले ०५१ को मध्यावधि चुनाव मा १९ सिट जित्न सफल भयो। नियतिको खेल भनु वा के भनु नेपालको राजनीतिमा सवैभन्दा वढि पटक फुटने र जोडिने दल राप्रपा वन्यो।त्यस यता राप्रपा निरन्तर सत्ता र शक्तिमा पनि छ।सत्ता राप्रपाको लागि प्राण प्यारो छ यो अर्को नियति हो। त्यसयता आजको दिनसम्म आइपुग्दा राप्रपा लाई निजिक वाट नियाल्ने हरुलाइ यसको वारेमा सायद वताउन नपर्ला।अझ पनि राप्रपा नवुझेका,नजानेका कोहि भए वुझौ,जानौ।२०४७ जेठ १५ देखि यसको वारेमा पढौ।

हाम्रा मुर्धन्य नेताहरुले यो पार्टी कुनै सनक र लहडमा खोलेका थिएनन।०४६ को परिवर्तनकारि हरुको विभिन्न स्थानमा विभिन्न समयमा भयका कुटपिट वाट वालवाल वचेका नेताहरुले यो पार्टीको स्पस्ट गन्तव्य समेत तय गरेका थिए। आफ्नो प्राण हत्केलामा राखेर तत्कालीन नेताहरुले स्थापना गरेको यो पार्टीको दुई संस्थापक अध्यक्ष मध्येका एक सूर्यबहादुर थापाको देहावसान भइसकेको छ।उहाँ लाई पार्टी ले सम्झनु पर्ने हो तर खै किन हो सम्झदैन थाहा छैन। अर्का संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्द ज्यु संग आज भेटने अवसर जुटेको थियो।राप्रपा लाई नेपाली राजनीति को केन्द्रविन्दुमा कसरी स्थापित गरायन सकिन्छ भन्ने उहामा गम्भीर चिन्ता रहेछ।स्वास्थ ले पुर्ण रुपामा साथ नदिय पनि राप्रपा लाई उज्यालो राप्रपा वनाउन उहाँ पुर्ण रुपमा सक्रिय रहेको पाय।टेलिफोन संवाद,भेटघाटमा उहा पहिलाको जस्तै सक्रिय पाय।लोकेन्द्रबहादुर चन्द ४ पटक प्रधानमन्त्री भइसक्नु भयको छ।नेपाली राजनीतिमा उहाँ सालिन तथा भद्र नेताको रुपमा चिनिनु हुन्छ,उहाँ निश्कलंक हुनुहुन्छ।नेपाली सहित्यमा समेत उहाले ठूलो गुन लगाउनु भयको छ।उहाको विर्सजन कथा संग्रह नामक( ग्रन्थले ) मदन पुरस्कार समेत जितेको थियो।

राप्रपामा लागेर राजनीति गर्छु भन्ने हरुले वुझ्नु पर्छ,जान्नु पर्छ,चिन्नु पर्छ यसको ईतिहास।हुन त आज राप्रपा को स्कुलमा यसको पढाइ हुदैन ।यहाँ त नेतृत्व ले नै नया र पुरानो भन्ने गम्भीर खाडलको श्रृजना गरिदियको छ।जसको कारण पुरानो ले नया लाई पत्याउदैनन र नयाले पुराना लाई मान्दैनन। आजको जस्तो अर्काको सहारामा नेता वन्ने समय थिएन त्यो तै पनि राप्रपा स्थापित भयो र आजको अवस्थामा आइपुगेको छ। हिजो उहाहरुको सोच,चिन्तन र कल्पना नभएको भए आज राप्रपा का नाउमा सयौ को संख्यामा सायद नेता तथा मन्त्री,उपप्रधानमन्त्री हुदैन थिए होलान। जे होस राप्रपा संस्थापक अध्यक्ष एवं पुर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द ज्यु संगको भेट अविस्मरणीय रह्यो। रासस