२०८१ बैशाख २० , बिहिवार

विवाहित युवा–युवतीको जीवनबाट सेक्स हराउँदै गएको हो ?

एजेन्सी

 

विश्वभर नै युवा दम्पतीहरू, विशेष गरी विवाहित मिलेनियल्स वा युवाहरूमा यौनप्रतिको अरुचि बढ्दै गएको देखिन्छ ।

सन् १९८० को दशकको सुरुवातदेखि १९९० को दशकको अन्त्यको बीच जन्मिएकालाई मिलेनियल वा जेनेरेसन वाई भनिन्छ । उनीहरूको उमेर अहिले २५ देखि ४० वर्षको बीचमा छ ।

यो त्यो उमेर हो जसमा मानिस शारीरिक सम्बन्धमा सबैभन्दा बढी सक्रिय हुन्छ भन्ने विश्वास गरिन्छ । यसलाई सेक्सुअल प्राइम टाइम पनि भनिन्छ । तर यो समयमा उनीहरूमा सेक्सको चाहना कम हुने प्रवृत्ति देखिएको छ ।

 

सेक्समा घट्दो रुचि

इन्डियाना युनिभर्सिटीको किन्से इन्स्टिच्युट र सेक्स टोय बेच्ने कम्पनी ‘लभ हनी’ले सन् २०२१ मा १८ देखि ४५ वर्ष उमेर समूहका अमेरिकी युवाहरूमाझ एउटा सर्वेक्षण गरेका थिए ।

यस सर्वेक्षणका अनुसार गत वर्ष विवाहित जोडीमा यौन इच्छा कम हुने समस्या मिलेनियलमा सबैभन्दा बढी देखिएको थियो ।

यस अनुसार, विवाहित मिलेनियल्समा २५।८ प्रतिशतलाई यौनमा कम रुचि भएको थियो जबकी उनीहरूपछिको पीढी ९जेनेरेसन जेड० मा १०।५ प्रतिशत र पहिलाको पीढी ९जेनेरेसन एक्स० मा २१।२ प्रतिशत देखिएको थियो ।

सन् १९५६ देखि १९८० को बीच जन्मिएका मानिसलाई जेनेरेसन एक्स र सन् १९९० को दशको अन्तिमदेखि २०१० को दशकको सुरुवातको बीचमा जन्मिएकाहरूलाई जेनेरेसन जेड मानिन्छ ।

मनोवैज्ञानिकले पनि पछिल्लो समय मिलेनियल्समा सेक्सप्रति वितृष्णामा वृद्धि भइरहेको बताएका छन् ।

कम उमेरका विवाहित जोडी विशेषगरी मिलेनियल्सले आफूमा यौन चाहना घटेको र शारीरिक सम्बन्ध निकै कम भइरहेको बताउने गर्छन् ।

विवाहित जोडीमा शारीरिक सम्बन्ध स्थापित गर्न निकै कम वा बन्द हुनुलाई सेक्सलेस म्यारिज भनिन्छ अर्थात् यस्ता विवाह जसमा यौन सम्बन्ध शून्य बराबर हुन्छ ।

विशेषज्ञका अनुसार जोडीले वर्षमा १० भन्दा पनि कम पटक यौन सम्बन्ध स्थापित गरिरहेका छन् भने यस्तो विवाहलाई सेक्सलेस म्यारिज भनिन्छ ।

 

 

किन बढ्दै छ ‘दूरी’

अमेरिकाको क्यालिफोर्नियाकी सेक्स थेरापिस्ट क्रिस्टिन लोजानो भन्छिन्, ‘इच्छामा असन्तुलन यस्तो विषय हो जसलाई ख्याल गरिएन भने यो समयसँगै बढ्दै जान्छ । यदि कसैले बारम्बार पहल गर्छ र उसको पार्टनरले उसलाई अस्वीकार गरिरहन्छ भने उसको आत्मसम्मानमा चोट पुग्छ । यस्तै, अस्वीकार गर्ने पार्टनरलाई पनि पछुतो हुनेछ । जसका कारण यौन उत्तेजना पनि प्रभावित हुने अवस्था सिर्जना हुन्छ ।’

उनी भन्छिन्, ‘सेक्सलाई असम्भव, पीडादायी, अप्ठ्यारो वा अप्रिय बनाउने अन्य मेडिकल वा मनोवैज्ञानिक कारणहरू छन् । व्यस्तता, कामको बोझ र सन्तानले पनि यौन सम्पर्कलाई कम गर्न सक्छ । पति–पत्नीले एक अर्काको इच्छाको कुरा नगर्नु पनि एउटा कारण हो ।’

यस्तो समस्या एउटै पुस्ताले मात्र भोग्नुपरेको होइन । तर विज्ञहरूले यो मामिलामा ठुलो परिवर्तन देखिरहेका छन् ।

सान फ्रान्सिस्कोमा २० वर्ष सेक्स थेरपिस्टको रूपमा काम गर्दै आएकी सेलेस्ट हर्शम्यान भन्छिन्, ‘पहिला विवाहको १०–१५ वर्षपछि शारीरिक सम्बन्धमा कमी आउँथ्यो तर पछिल्लो समयमा तीनदेखि पाँच वर्षमा नै यस्तो भइरहेको छ ।’

यही कुरालाई अघि बढाउँदै विगत ३० वर्षदेखि सेक्स थेरपिस्टको रूपमा काम गरिरहेकी र क्यालिफोर्निया विश्वविद्यालयका मनोचिकित्सक सहायक प्राध्यापक किम्बर्ली एन्डरसन भन्छिन्, ‘३० वर्षअघि ५० वर्षभन्दा माथिका मानिस यस्तो समस्या लिएर म कहाँ आउने गर्दथे जसको उमेरसँग सम्बन्धित रोगहरू वा हर्मोनल परिवर्तनहरूका कारण यौन इच्छा कम हुन्थ्यो । तर आजकल ४५ वर्ष मुनिका जोडीको विवाह पनि यौनविहीन बन्दै गएको छ ।’

 

थुप्रै प्रकारका दबाब

अमेरिकाको किन्से इन्स्टिच्युटका अनुसन्धानकर्ता जस्टिन लेहमिलर भन्छन्, ‘अत्यधिक तनावले यौन इच्छामा पनि गहिरो प्रभाव पार्छ र मिलेनियल्सले आफ्नो अघिल्लो पुस्ताको तुलनामा बढी तनावको सामना गरिरहेका छन् ।’

यी तनावका पनि धेरै कारण छन् । जस्तै कि बेलायतको काउन्सिलिङ नेटवर्क ‘रिलेट’ को सन् २०१८ मा गरिएको एक शोधमा भनिएको छ – ३० देखि ४० वर्ष बीचका उमेरका ६१ प्रतिशत मानिसले आफ्ना साना बच्चाको हेरविचारका कारण आफूहरूले यौन सम्पर्कका लागि समय नपाएको बताएका छन् । यस्तै ३१ प्रतिशतले बच्चा जन्मिएपछि उनीहरूको यौन इच्छा पूर्ण रूपमा नष्ट भएको स्वीकार गरेका छन् ।’

यसबाहेक मिलेनियल्समा करियरमा सफल हुन र आर्थिक रूपमा बलियो हुने दबाब पनि रहन्छ । कामको बोझका कारण पनि उनीहरुले तनावमा सामना गर्नुपर्छ ।

ग्लोबल कन्सल्टिङ कम्पनी ‘डेलाइट’ द्वारा पाँच देशमा गरिएको एक अध्ययन अनुसार ३८ प्रतिशत मिलेनियल भन्छन् कि उनीहरूमाथि कामको असाध्यै दबाब रहन्छ । यो तनाव झेल्नमा पुरुष ९३६ ५० को तुलनामा महिला ९४१५० को सङ्ख्या बढी छ ।

जस्टिन लेहमिलर भन्छन्, ‘धेरैजसो मिलेनियलले आफ्नो करियरको सुरुवात मन्दीको समय ९सन् २००८० मा गरेका थिए र अब उनीहरुले कोभिड महामारीको मार पनि झेल्नुपर्‍यो ।’

यस्तै अब प्रविधि पनि तीव्र रूपमा फेरिँदै छ । उनीहरुले पहिलेको भन्दा बढी मेहनत गर्नुपरिरहेको छ । उनीहरू वर्कोहोलिक भइसकेका छन् ।

धेरै काम गरेका कारण स्थिति यस्तो पैदा भइरहेको छ कि उनीहरू दिनको अन्त्यमा यौनको आनन्द लिनका लागि असाध्यै धेरै थाकिसकेका हुन्छन् ।

 

सोसल मिडिया र पोर्न

युवाहरूको यौन जीवनमा सामाजिक सञ्जाल र पोर्नको प्रभावलाई बेवास्ता गर्न सकिँदैन ।

विज्ञका अनुसार सोसल मिडियामा धेरै ब्युटी फिल्टरहरू छन् । यस्तो अवस्थामा वास्तविक जीवनमा कतिपय मानिसमा आफ्नो शरीर बारे हीन भावना जागृत हुन्छ ।

काउन्सिलिङ नेटवर्क ‘रिलेट’ ले गरेको सर्वेक्षणका अनुसार, कम यौन सम्पर्क गर्ने ३० वर्ष मुनिका ३७ प्रतिशत युवाहरूले आफ्नो शरीरलाई कमजोर महसुस गरेका छन् ।

यस्तै, न्युयोर्क सेक्स थेरापिस्ट स्टीफन स्नाइडर भन्छन्, ‘धेरैजसो मिलेनियल हुर्किरहेका बेला इन्टरनेटमा पोर्नको उपलब्धता बढिरहेको थियो । अहिले के देखिएको छ भने केही मानिसलाई वास्तवमा यौन सम्बन्ध स्थापित गर्नुको साटो पोर्न हेर्नमा बढी आनन्द महसुस गर्छन् ।’

 

समाधान के ?

तनावका कारणलाई जीवनबाट पूर्ण रूपमा हटाउन सकिँदैन, न त पोर्न न सोसल मिडियाको प्रभावलाई नै हटाउन सकिन्छ । त्यसो भए यी कारणले विवाहलाई यौनविहीन हुनबाट कसरी बचाउने ?

मनोवैज्ञानिक शिवानी मिश्री साधु भन्छिन्, ‘शारीरिक सम्बन्धमा पति–पत्नी दुवैको चाहना पूरा हुनुपर्छ र दुवैले सन्तुष्टि पाउन जरुरी छ । आपसी संवाद, विश्वास र एक अर्काको इच्छा र सीमाको ख्याल राख्नुपर्छ । सम्बन्ध कति पटक हुन्छ भन्ने भन्दा पनि तपाईं कस्तो सम्बन्धमा हुनुहुन्छ, त्यसमा आनन्द, आत्मीयता र खुसी छ कि छैन भन्ने हो ।’

विशेषज्ञका अनुसार राम्रो यौन जीवन त्यसलाई भन्न सकिन्छ जसमा संवाद, आनन्द, सन्तोष र सम्बन्धका लागि सम्पूर्णताको भाव होस् ।

सत्य यो हो कि शारीरिक सम्बन्धमा रुचिको कमी एक यस्तो विषय हो जसबारे मानिस आफ्नो पार्टनरसँग कुरा गर्न हिचकिचाउँछन् । तर विज्ञ यस्तो भएमा म्यारिज काउन्सलर वा सेक्स थेरपिस्टको सहयोग लिनुपर्ने सल्लाह दिन्छन् ।

साभार : The millennials in sexless marriages – BBC Worklife