२०८१ बैशाख २१ , शुक्रवार

थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स (सूचि सहित)

सुनाखरी न्युज/ काठमाडौं ।

थप ११ कम्पनीलाई  नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स इजाजत दिएको छ । इजाजत पाएका ११ कम्पनीमध्ये एउटा कम्पनीले भने स्टक डिलरसहितको लाइसेन्स पाएको बोर्डले जनाएको छ ।

बोर्डकाअनुसार मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब प्रालि, आकाश भैरव सेक्युरिटिज लिमिटेड, पाही इन्भेष्टमेन्ट प्रालि, एनएमबी सेक्युरिटिज लिमिटेड, एसपीएसए सेक्युरिटिज लिमिटेड र सानिमा सेक्युरिटिज लिमिटेडले लाइसेन्स पाएका छन् ।

 

यस्तै स्टक्स कार्टस् सेक्युरिटिज लिमिटेड, इन्दिरा सेक्युरिटिज प्रालि, ब्लु चिप सेक्युरिटिज लिमिटेड र गरिमा सेक्युरिटिज नयाँ लाइसेन्स पाउने कम्पनी हुन् ।