२०८१ बैशाख २० , बिहिवार

साउन महिनाका लागि मासु खान छोड्दा शरीरलाई फाइदै फाइदा

सुनाखरी न्युज /  काठमाडौं –  मांसाहारीका लागि कुखुरा र खसीको मासु छोड्नु भनेको मुश्किलको काम हो । तर तपाईंले एक महिनाका लागि मांसाहारी खाना छोड्नु भयो भने यसले शरीरमा कस्तो प्रभाव पार्ला त ? मासु स्वस्थ्यकर भने मानिदैन । मासु खानु र नखानुले शरीरमा खास प्रभाव पार्छ । मासु खानेभन्दा मासु नखानेको स्वास्थ्य राम्रो हुने प्रमाणित भइसकेको छ ।

 

केही वैज्ञानिक अध्ययनहरुले पत्ता लगाएका छन्, सबै प्रकारका मासु तथा माछामा स्याचुरेटेड फ्याट पाइन्छ जसले गर्दा कोलस्ट्रोल बढ्छ । यसको कारणले मुटुसम्वन्धि रोगहरु पैदा हुन्छन् । जबकि शाकाहारी भोजनमा स्याचुरेटेड फ्याट कम हुन्छ । अध्ययनबाट यो पनि पमाणित भएको छ कि जो मानिसहरु शाकाहारी भोजन गर्छन् उनीहरुको कोलस्ट्रोल लेवल घट्छ र मुटुसम्वन्धि बिमारीहरुको खतरा पनि कम हुन्छ । यस आलेखमा हामी मासु नखाँदा शरीरलाई पार्ने  असरको विषयमा चर्चा गर्दैर्छौं ।

 

एन्टिअक्सिडेन्टले भरपुर

एन्टिअक्सिडेन्टले भरपुर शाकाहारी खानाले शरीरमा अक्सिडेटिभ स्ट्रेस र सेलुलर ड्यामेजबाट जोगाउन मद्दत गर्छ । फलफूल, सागसब्जी, नट्स वा बिउमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ । यसले समग्र स्वास्थ्य राम्रो हुनेछ र क्रोनिक रोगको जोखिम कम हुन्छ ।

तौल नियन्त्रण हुन्छ

मासु छोड्ने मानिसहरुको वजन लगभग १० पाउन्डसम्म कम हुन सक्छ । उनीहरुलाई आफ्नो क्यालोरी बढेको चिन्ता हुँदैन र उनीहरुले धेरै वर्क आउट पनि गर्नु पर्दैन । शाकाहारी भोजनले सबै कुरालाई सन्तुलनमा राख्न मद्दत गर्छ ।

कब्जियतबाट छुटकारा

एकता सिंहवालका अनुसार शाकाहारी खानामा फाइबर भएका कारण यसले बाउल मुभमेन्ट अर्थात् तपाईंको पाचन तन्त्र राम्रो हुन्छ । फाइबरको सेवन बढ्दा कब्जियतबाट राहत मिल्छ ।

 

पेटमा प्रोटेक्टिभ ब्याक्टेरिया बढ्छ

एउटा अध्ययनबाट पत्ता लागेको छ कि शाकाहारी भोजन गर्ने मानिसहरुको पेटमा बढि प्रोटेक्टिभ ब्याक्टेरिया पाइन्छ । जबकि मासु खाने मानिसहरुमा यसको अभाव हुन्छ । त्यसैले मासु नखाँदाको एउटा फाइदा यो पनि हो ।

छाला स्वस्थ र सफा हुन्छ

शाकाहारी भोजन गर्ने व्यक्तिहरुको छालामा बढि डण्डीफोर, कोठी देखिँदैन । यदि तपाईं मासुको साटो फल र तरकारीहरु खानुहुन्छ भने तपाईंको त्वचा पनि सफा र स्वस्थ हुन्छ ।

शरीरमा फुर्ति बढ्छ

मासु खाने व्यक्तिको तुलनामा मासु नखाने व्यक्तिहरु कम थकान महसुस गर्छन् । शाकाहारी भोजनले केवल वजन बढ्ने र शरीरका विषाक्त पदार्थलाई मात्र नियन्त्रण गर्दैन, आफूलाई हल्का महसुस गर्न सकिन्छ ।

 

मुटु रोगको खतरा कम हुन्छ

रेड मिट खाँदा मुटु रोगका खतरा अधिक हुन्छ । रेड मिटमा मौजूद कार्निटिनको केमिकल रियाक्सनका कारण हाम्रो मुटुमा यसको नकारात्मक प्रभाव पर्छ ।

कोलस्ट्रोल एक तिहाई कम हुन्छ

यदि तपाईंले मासु खान छोडिदिनुभयो भने तपाईंको रगतमा कोलस्ट्रोलको मात्रा एकाएक कम हुन्छ । यसको तुलना कोलस्ट्रोल क मगर्ने औषधिसँग पनि गर्न सकिन्छ ।