२०८१ बैशाख २१ , शुक्रवार

लक्ष्मी म्युचुअल फण्ड अतर्गतको लक्ष्मी भ्यालु फण्ड २ को इकाइ आज देखि बिक्री खुल्ला

सुनाखरी न्युज/ काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले साउन ०५ गते, शुक्रबार देखि सर्वसाधारण लगानिकर्ताको लागि ‘लक्ष्मी भ्यालु फण्ड २’नामक बन्द मुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।

क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालनहुने गरी प्रतिइकाई १० रुपैयाँअंकित दरका८० करोड रुपैयाँ बराबरको ८ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्धक लक्ष्मी सनराइज बैंकले बिजपुँजीको रुपमा लगानी गर्नेछ भने बाँकी रहेको ६ करोड ८० लाखइकाईसर्वसाधारणकोलागिबिक्रीखुल्ला गरेको छ ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम८०लाख इकाई सम्म आवेदनदिन सक्नेछन् ।आजसाउन५ गते, शुत्रबार बाट निष्कासन हुने यो फण्डमा लगानीकर्ताले छिटोमा साउन ९ गतेसम्म र ढिलोमा साउन १९ गते सम्म धितोपत्र बोर्ड बाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर बाट आवेदन दिन सक्नेछन् ।
रासस