२०८१ बैशाख १९ , बुधवार

यसरी गरौँ कपालको स्याहार

सुनाखरी न्युज  / काठमाडौं –  गर्मीमा चर्को घाम, धुलोधुँवा तथा प्रदुषणले छालासँगै कपाललाई पनि नराम्रो असर गर्दछ । गर्मीमा कपाललाई सुन्दर बनाउनका लागि घरमै केही उपायहरु गर्न सकिन्छ । जसले गर्दा तपाईंको कपाल सधैं स्वस्थ र चम्किलो देखिनेछ ।आज हामी गर्मी मौसममा आफ्नो कपाललाई सुरक्षित तथा आकर्षक बनाई राख्न अपनाउनु पर्ने टिप्सका बारेमा जानकारी गराउँदै छ ।त्यस्तै कपाललाई स्वस्थ बनाउनका लागि हप्तामा दुई पटक तपाईंलाई मन पर्ने तेलले मालिस गर्न सक्नुहुन्छ ।

 

जसले गर्दा घामले हुने नोक्सानबाट बच्न सकिन्छ । कपाललाई बाँध्नका लागि एकदमै कडा रबर तथा क्लिपको प्रयोग गर्नु हुँदैन । जसले गर्दा कपाल टुक्रिने डर हुन्छ । कपाललाई अलि खुकुलो पारेर बाँध्नुपर्दछ। गर्मीमा कपालमा रुखोपन बढ्न थाल्छ त्यसैले हरेक दुई तीन महिनामा कपाललाई ट्रिम गर्नु पर्दछ । यसले कपाल स्वस्थ भइरहन्छ । त्यस्तै समय समयमा घरमै कपालमा प्याक बनाएर लगाउन पनि सकिन्छ । त्यसका लागि दही, केरा, मह आदि मिसाएर बनाएको प्याक कपालमा लगाउँदा यसले घामबाट हुने हानीबाट जोगाउँछ ।

 

-गर्मीमा धेरै पसिना आउने र टाउको चिलाउने, चायाँ आउने समस्या पनि हुन्छ जसले गर्दा कपाल खराब हुन्छ । त्यसैले गर्मीमा कपाललाई सफा राख्नुपर्दछ । धेरै पसिनाले कपाल फोहोर भएको बेला तुरुन्त धुने गर्नुपर्दछ ।

-गर्मी मौसम अनुसार हेयर स्टाइल्स राख्नुहोस् । आफ्नो कपाललाई खुकुलोसँग बाँध्नुहोस् ।

-घरबाट बाहिर निस्कने बेला आफ्नो कपाललाई स्कार्फ, टोपी वा सलले ढाक्नुहोस् ।

-बढ्दो तापक्रममा कपालमा तेलको सट्टा हेयर मोइस्चराइजरको प्रयोग गर्नुहोस् । यसले कपाललाई चिल्लो हुनबाट बचाउँछ ।

-कपाल कलर गर्नु छ भने अमोनिया फ्री हेयर कलर्सको प्रयोग गर्नुहोस् । यसले कपालमा पोषणको काम गर्नुका साथै कपाललाई आकर्षक समेत बनाउँछ ।-