२०८१ बैशाख २३ , आइतवार

जव बाँदरलाई थापेको पासोमा दुई मानिस परे….

सुनाखरी न्युज/ पाल्पा ।
बाँदरबाट मकै बाली जोगाउन थापेको पासोमा परी दुई महिला घाइते भएका छन् । घाइते हुनेमा तानसेन नगरपालिका–७,
लामीडाँडा बस्ने ३८ वर्षीया तिलु थापा र ३१ वर्षीया बिजिता आले रहेको प्रहरीले जनाएको छ ।

बुधबार बेलुकी घाँस काट्न गएका दुवै महिलाहरू करेन्टको धरापमा परेका हुन् । उनीहरूको लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल, प्रभासमा उपचार भैरहेको छ । घाइतेहरूको अवस्थामा सुधार हुँदै गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पासो राखेको विषयमा जानकारी छिमेकी सबैलाई दिएको तर आकस्मिक भएको घटना दुःखद भएको घरधनी आलेले बताए ।

प्रहरीका अनुसार बाँदरलगायत जंगली जनावरले सताएपछि मकैबाली जोगाउन ग्याबिनको नाङ्गो तारमा बिजुलीको करेन्ट छाडिएको थियो । लामडाँडास्थित स्थानीय सोम आलेको घरबाट झन्डै सय मिटर तल्लो भागमा करेन्ट छोडिएको प्रहरीले जनाएको छ ।