२०८१ बैशाख २३ , आइतवार

जब श्रीमानबाट सयौं सन्तान जन्मिएको श्रीमतीले थाहा पाइन् . . .

सुनाखरी न्युज  / काठमाडौं –  भनिन्छ, राम्रो सम्बन्धका लागि दुई व्यक्तिबीच पारदर्शिता हुनु अति आवश्यक हुन्छ। सम्बन्ध जति सफा हुन्छ उति लामो समय सम्म टिक्छ। तर, कहिले परिस्थितिले र कहिले अन्य कारणले मानिसबीच दुरी आउँछ। यदि श्रीमान श्रीमतीको बीचमा यस्तो अवस्था आयो भने कुरा साँच्चै गम्भीर बन्न जान्छ। यस्तै घटना एकजना अमेरिकन पुरुषसँग भएको छ, जसको श्रीमतीले श्रीमानको विगत थाहा पाएपछि सहनै सकिनन्।

 

उक्त व्यक्तिले रेड इटमा आफ्नो कथा सुनाउँदै भने की उनले आफ्नो विगतमा केही यस्ता काम गर्थे, जुन उनलाई त्यतिबेला सही लाग्थ्यो । यद्यपि विवाहपछि उनले आफूलाई उनीबाट टाढा राख्न खोजे तर एक दिन उनको सत्य श्रीमतीको अगाडि आयो । त्यो दिनदेखि उनको जीवनमा आएको उथलपुथल अरू कसैले बुझ्न सक्दैन।यी व्यक्तिले आफ्नो बारेमा लेखेका छन् कि उनले कलेजका दिनमा सजिलै पैसा कमाउन शुक्राणु दानको बाटो अपनाएका थिए। आमाबुवा बन्न नसकेका दम्पतीलाई पनि सहयोग गर्थे र पैसा पनि लिन्थे। जब उनले आफ्नी प्रेमिका र अहिले श्रीमतीलाई भेटे, तब उनले यो गर्न छोडे। उनको विवाह भएको ६ वर्ष भयो र उनका २ सन्तान छन्।

 

यद्यपि उनले यो काम रोकेका थिए तर केही वर्ष पहिले पैसाको आवश्यकता पर्दा उनले फेरि एकपटक शुक्राणु दानको बाटो अपनाए । केही समय पछि अहिले उनले यो बिगत बिर्सिसकेका थिए। श्रीमान्–श्रीमती साथीभाइबीच बसेर सन्तान जन्माउन कठिनाइको चर्चा चलिरहेको बेला यो कुरा बाहिर आएको हो। यस्तो अवस्थामा ती व्यक्तिले कलेजमा स्पर्म डोनेशनको बारेमा बताए। यो सत्यता थाहा पाउने बित्तिकै उनकी श्रीमतीलाई रिस उठ्यो। घर आएपछि यो विषयमा चर्को बहस भयो। त्यसमा पुरुषलाई केही गल्ती लागेन तर श्रीमतीले यसलाई धोखाधडी भनेकी थिइन्। उक्त व्यक्तिको यो पोस्टमा कतिपयले उनलाई सही र कसैले गलत ठानेका छन्।