२०८१ बैशाख २६ , बुधवार

बदाम खानुका आश्चर्यजनक फाइदाहरू जान्नुहोस्

सुनाखरी न्युज  / काठमाडौं –  मानिसहरु टाइमपास खाजाको रुपमा बदाम खान्छन तर के तपाईलाई थाहा छ यो स्वादका साथै स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । यसमा धेरै पौष्टिक तत्व पाइन्छ, जसले यसलाई स्वास्थ्यका लागि निकै फाइदाजनक बनाउँछ ।बदाममा पौष्टिक तत्वहरूले भरपुर हुन्छ र यसलाई खाँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ।

वजन कम गर्नः यदि तपाइँ तौल घटाउने प्रयास गर्दै हुनुहुन्छ भने, बदामले तपाइँलाई यो काममा मद्दत गर्न सक्छ। बदामले भोक कम गर्ने काम गर्छ, तर यसलाई धेरै खानु हुँदैन। प्रोटिनः १०० ग्राम बदाममा २५।८ ग्राम प्रोटिन हुन्छ । यो बिरुवामा आधारित प्रोटीनको राम्रो स्रोत हो, त्यसैले जाडोमा धेरै फाइदाजनक हुन्छ।

मुटुलाई स्वस्थ राख्छः यी क्रन्ची स्न्याक्सहरूले तपाईंलाई हृदय रोगको जोखिम बढाउने धेरै कारकहरू व्यवस्थापन गर्न मद्दत गर्न सक्छ। यसले खराब कोलेस्ट्रोल कम गर्न पनि काम गर्छ।

रक्त सुगरलाई नियन्त्रणः बदामलाई मधुमेहको आहारमा थोरै मात्रामा पनि समावेश गर्न सकिन्छ।

 

खनिज र भिटामिनः बदामले एकैपटक धेरै पोषक तत्व प्रदान गर्छ। बदाम खनिज, भिटामिन, प्रोटिन, ओमेगा–घ, ओमेगा–ट, फाइबर, कपर, फोलेट, भिटामिन–ई, थायामिन, फस्फोरस र म्याग्नेसियमको उत्कृष्ट स्रोत पनि हो ।

बदाम खाँदा स्मरणशक्ति र मस्तिष्कको स्वास्थ्यमा सुधार हुन्छ । यसमा भिटामिन द्यघ र नियासिन प्रशस्त मात्रामा पाइन्छ, जसले मस्तिष्कको स्वास्थ्य सुधार गर्न मद्दत गर्छ । यसबाहेक बदामले डिप्रेसनका लक्षणहरू कम गर्न पनि मद्दत गर्छ। यसलाई दैनिक आहारमा समावेश गर्नाले तपाईलाई राम्रोसँग सुत्न मद्दत गर्न सक्छ।