२०८१ बैशाख २१ , शुक्रवार

बन्द भयो ‘कमेडी क्लब विथ च्याम्पियन’

सुनाखरी न्युज  / काठमाडौं –  चर्चित कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द भएको छ । सो च्याम्पियनका प्रमुख विशाल भण्डारीले त्यसबारेमा सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । शोका निर्देशक तथा होस्ट विशाल भण्डारीले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै शो तत्कालका लागि बन्द भएको जानकारी दिएका छन्।

 

सो कमेडी शो ६९ श्रृखंलाहरू प्रसारण भएपछि बन्द भएको उनले बताएका छन । यद्यपि, छोटो विश्राम पछि हाँसोको फोहरा छुटाउन आउने प्रतिबद्धता भण्डारीले जनाएका छन । कमेडि च्याम्पियन सिजन ३ चाँडै आउने भण्डारीले घोषणा पनि गरेका छन् ।

 

भण्डारीले समाजिक सञ्जालमा लेखेका छन् – यो १६ महिनाको हाम्रो यात्रा निकै रोमांचक थियो । कतिपय एपिसोडमा हामी हसाउन सफल भयौं भने कतिमा भएनौपनी तर दर्शकको मायामा कहिले कमी आएन । कमेडी क्लब विथ च्याम्पियन्सको १६ महिनाको यात्रा निकै रोमाञ्चक रहेको भण्डारीको भनाइ छ। काम गर्दै गर्दा सुरुवातको वर्ष नै ‘बेस्ट पपुलर टीभी शो’को अवार्ड जित्न सफल भएको उल्लेख गर्दै भण्डारीले त्यसको श्रेय कलाकार, लेखक, क्रियटिभ टिम र शोको उत्पादक थ्री प्रोडक्स टिम, कि एडभरटाइजिङ, कि एडभर्टाइजिङ र दर्शकको मायालाई जाने बताएका छन्।