२०८१ जेठ ३ , बिहिवार

नवलपरासी पूर्व प्रहरीको एक वर्ष : जघन्य अपराध शुन्य, सवारी दुर्घटना न्युनिकरण

सुनाखरी न्युज/ काठमाडौं । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका (ब.सु.पूर्व)प्रहरी प्रमुख (एसपी) भुवनेश्वर तिवारीले आज आ.ब .२०७९/०८० को कार्य उपलब्धि विवरण सार्वजनिक गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरमा सरुवा भई आएपछि तिवारीले गरेका प्रगती विवरणहरु प्रस्तुत गर्नु भएका हुन ।

 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.पूर्व) आ.ब.२०७९।०८० कार्य उपलब्धि विवरण

  • अपराध अनुसन्धान ब्यूरोको सहयोगमा मध्यविन्दु न.पा.२ सेरीमा २ वटा गैंडा मारी भएको खाग चोरी गर्ने ३ जना पक्राउ गरी कारवाही,
  • प्रतिनिधि सभा निर्वाचनमा देवचुली न.पा.वडा नं.४ झाँक्रेमा मतपेटिकामा प्रज्वलनशिल पदार्थ राख्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाही,
  • विनयी त्रिवेणी गा.पा.७ बस्ने २१ महिनाको बालक अपहरण मुद्धामा प्रतिवादीलाई दुवईबाट झिकाई सफल अनुसन्धान,
  • कावासोती न.पा. वडा नं. १२ स्थित नारायणी नदीको किनारमा एकादशी मेलामा २ तोला ४ लालको सुनको सिक्री चोरी गर्ने व्यक्तिलाई पक्राउ गरी कारवाही,
  • कर्तव्य ज्यान घटना शून्य, जघन्य घटनामा कमी, जम्मा ४९७ वाट मुद्धा दर्ता, २३१ वटा मुद्धा फर्छौट र २६८ वटा मुद्धा बाँकी,
  • जुवातास खेल्ने ५६ जना मानिसहरुलाई नियन्त्रणमा लिई १० वटा मुद्धा दर्ता,
  • फैसला कार्यान्वयनः १६२ जना नियन्त्रण, जसबाट ४४ बर्ष ८ महिना ९ दिन कैद र रू.१८,९८,८९२/- जरीवाना असुल,
  • लागु औषध विरुद्धको कारवाहीमा सक्रियता, १४४ जना मानिसहरुलाई लागुऔषध सहित नियन्त्रणमा लिई ९९ वटा मुद्धा दर्ता,
  • घरेलु हिंसा सम्बन्धि १११ वटा निवेदन परेको, १०५ वटा मिलापत्र भई ६ वटा प्रक्रियामा रहेको,
  • आ.ब.२०७९।०८० मा हराएका ३८९ मध्ये ३२२ जना र विगत आ.ब.मा हराई फेला पर्न बाँकी ३९२ जना मध्ये २९० जना  गरी ६१२ जना मानिसहरु फेला पारेको खोजतलासको क्रममा १६९ जना रहेको ।
  • निवेदन तथा उजुरीः ४५१ वटा निवेदन परेकोमा ३२६ मिलापत्र र १२५ वटा बाँकी (अधिकांश आर्थिक सम्बन्धी),
  • चेक बाउन्स सम्बन्धि निवेदन संख्या ४६, सहमति/मिलापत्र संख्या ३३ र बाँकी १३ वटा, मुद्धा २४ वटा,
  • वैदेशिक रोजगार ठगी सम्बन्धि निवेदन संख्या २६, मिलापत्र ८ र बाँकी १८ वटा,
  • नागरिकता सर्जमिन मुचुल्का संख्या ७९५ वटा,
  • पेन्सन सम्बन्धि मुचुल्का १७६ वटा,
  • मानव अंग प्रत्यारोपण सहजिकरण ४ वटा,
  • चालचलन प्रमाणित २२११ जनाको,
  • अति विशिष्ट व्यक्ति (स.उप-राष्ट्रपति, प्रधानमन्त्री) तथा विशिष्ट व्यक्तिहरु ११६ जनाको सवारी, निवास र समारोह स्थलको प्रभावकारी सुरक्षा व्यवस्था मिलाएको,
  • बन्द, हडताल, धर्ना, जुलुस, बिरोध ५७ पटक,
  • एल.आर.पि./एस.आर.पि./ग्रामीण गस्ती ३९३ पटक,
  • बजार अनुगमन विभिन्न २०६ वटा व्यवसायहरु,
  • समुदाय प्रहरी साझेदारी अवधारणा अनुसार ३२५७ जना प्रहरी परिचालित भई ५८८ वटा जनचेतनामुलक कार्यक्रम गरेको लाभान्वित संख्या ५६,५८५ जना,
  • हिरासतमा स्वास्थ्य परीक्षण कार्यक्रम ६ पटक सम्पन्न १३८ जना थुनुवा लाभान्वित,
  • संयुक्त अभ्यास ६ पटक सम्पन्न (स.दु., नाकाबन्दी, भि.नि., वन डढेलो ,जल उद्धार, हातेमालो उद्धार अभ्यास)
  • विज्ञ व्यक्तिसँग अन्तरक्रिया कार्यक्रम ७ वटा सम्पन्न,
  • जुम्बा फिटनेस १ पटक १ हप्ता सम्पन्न गरिएको,
  • राजश्व अभिवृद्धिमा प्रहरीको जम्मा योगदानः रु १० करोड ५७ लाख ७२ हजार ५ सय १२,
  • नदीजन्य पदार्थ चोरी/तस्करी गर्ने २०८ वटा सवारी साधन नियन्त्रणमा लिएकोमा रु.३९,०५,२०८/- राजस्व संकलन भएको,
  • भन्सार छलीका सामान ५६ पटक नियन्त्रणमा लिएकोमा रु.६,३८,९२,५७०/- बराबरको सामान नियन्त्रणमा लिएको,
  • जिप्रका र मातहतसमेतमा रहेका कसुरजन्य सम्पति(मो.सा.२६१ र गाडी १० गरी २७१ वटा) लिलाम बिक्रि गरिएकोमा रु.४१,४३,३३२/- राजस्व संकलन भएको,
  • चोरी तस्करी गर्दै गरेको २४२.८१ क्यूफिट रु.६,१६,०७५/- बराबरको काठ नियन्त्रणमा लिएको,
  • ४ नाल एक नाले भरुवा बन्दुक बरामद्,
  • घरेलु मदिरा १३५२ लि.र कच्चा पदार्थ ९००लि. बरामद् गरी नष्ट गरिएको, रु.४०,०००/- जरीवाना राजस्व,
  • २५ थान CCTV थप,
  • ट्राफिक नियम उल्लघन गर्ने ३७९०५ वटा सवारी लाई कारबाही हुँदा रु.३,१०,००,०००/- राजस्व संकलन,
  • सवारी दुर्घटना संख्या ७५, मृत्यु २९, गम्भिर घाईते १०४ र सामान्य घाईते ९९ जना, (गत सालको तुलनामा कमी आएको)
  • १३४० वटा ट्राफिक सचेतना कार्यक्रम गरी १,९९,८२० जना लाभान्वित भएको,
  • प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन शान्तिपुर्ण वातावरणमा सफल गरिएको,
  • कालीगण्डकी करीडोरको प्रवेश विन्दु गैंडाकोट नगरपालिका वडा नं.३ ढोडेनीमा अस्थायी प्रहरी चौकी स्थापना,
  • जग्गा नभएका प्रहरी इकाईहरुको लागि जग्गा व्यवस्थापन गर्न पहल गरी प्राप्तिको प्रक्रियामा रहेको,
  • सार्वजनिक तथा वनको जग्गा अतिक्रमण हटाउने कार्यमा जिल्ला वन कार्यालय तथा सरोकारवालालाई सहयोग गरिएको,
  • सडक सुरक्षा तथा यातयात व्यवस्थापन अन्तर्गत स्थानीय तहमा अटो निर्देशिका निर्माणमा पहल, सरोकारवाला निकायहरुसँग समन्वय एवम् अन्तरक्रिया, बोझापोखरी, भुलाट चोक, मुण्डे लगायतका स्थानहरुमा चेक पोष्ट स्थापना, सुरक्षित सडक, सुरक्षित नवलपुर, Clean Road Initiative., लामो दुरीको सवारीमा २ जना चालकको अनिवार्यता, #LOVE 30, लगायतका अभियान संचालन, ट्राफिक सप्ताह, Impaired Driving Prevention, भाडादर निर्धारण, अस्थायी रुट अनुमति, रुट परमिट नभएका सडकमा रातको समयमा सवारी चलाउन रोक लगायतका विविध कार्यक्रम संचालन गरी गत आ.ब.को तुलनामा सडक दुर्घटनाबाट हुने मृत्यु र गम्भीर घाईते संख्यामा उल्लेख्य कमी (गत आ.ब.मा ४१ जना मृत्यु भएकोमा यस आ.ब.मा २९ मा सीमित),
  • बालबालिकालाई अपराधको दुष्चक्रमा फस्न नदिन सरोकारवालको समन्वयमा Listen First Initiative प्रारम्भ (Science of Care- 10 Focus Areas)
  • सामुदायिक वातावरणीय प्रहरी सेवा (CEP), असल अभ्यासको क्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लामा संचालनमा,
  • भारतीय समकक्षी तथा छिमेकी जिल्लाका सुरक्षा निकायहरुसँग ४ पटक समन्वय बैठक सम्पन्न गरी अपराध अनुसन्धान, सीमा अपराध तथा सुरक्षा सम्बन्धी चासोका बिषयहरुमा आपसी सहयोग, सहकार्य र समन्वयको व्यवस्था मिलाएको,
  • विभिन्न नव प्रवर्तनीय कार्यक्रमहरु जस्तैः हिरासतमा स्वास्थ्य, हिरासतमा किताब, नागरीक प्रहरी पुस्तकालय, हामी सबै सँग सँगै, प्रहरी कर्मचारीहरुको स्वास्थ्य परीक्षण, प्रहरी कर्मचारी र विज्ञ व्यक्तिसँग अन्तरक्रिया कार्यक्रम, Listen First Initiative, वृहत सामुदायिक सुरक्षा सचेतना अभियान (C2S2AC), नागरीक सुनुवाई (३ पटक), प्रहरी कर्मचारी लक्षित खेलकुद गतिविधि, कल्याणकारी कार्यक्रमहरु, मनोरञ्जनात्मक कार्यक्रमहरु, गुनासो सुनुवाई र सम्बोधन, मेश, क्यान्टीन,व्यारेक, सौचालय सुधार जस्ता गतिविधिहरु निरन्तर संचालन गरिएको,
  • ईलाका प्रहरी कार्यालय त्रिवेणी र प्रहरी चौकी हुप्सेकोटको भवन निर्माण पश्चात उद्घाटन गराएको, ईलाका प्रहरी कार्यालय दुम्किबासमा मन्दिर निर्माण सम्पन्न, जिल्ला प्रहरी कार्यालयमा मन्दिर, अमर प्रहरी स्मारक, पार्क, फलफुलका बिरुवा रोप्ने कार्य, करेसाबारी निर्माण, कम्पाउण्डमा तारबार, फोहोर व्यवस्थापन, वासिङ मशिन, शुद्ध खानेपानीको व्यवस्था, ट्याक निर्माण लगायतका कार्य गरी सुन्दर र वातावरण मैत्री प्रहरी कार्यालय निर्माण गरिएको,
  • कार्यालय परिसरमा प्लाष्टिक रहित, हरियाली युक्त, खाली ठाँउमा फलफुलका बिरुवा र तरकारी लगाईएको,
  • कार्यालयमा अ.अ.शाखा र हिरासत कक्षलाई व्यवस्थित गरिएको, पाहुना कक्ष व्यवस्था गरिएको, सेवाग्राहीको लागि खानेपानी, हातधुने र बस्ने व्यवस्था मिलाएको,
  • राष्ट्रिय गौरवको योजना अन्तर्गत निर्माणको क्रममा रहेको कालीगण्डकी करिडोर ८०% प्रगति, वुटवल-नारायणघाट सडक खण्ड ३७% प्रगति, १४ बर्ष देखि अवरोध भईरहेको २२० के.भि.ए. प्रसारण लाईनको कार्य सुचारू गर्न समन्वय गरिएको, होङ्गसी सिमेण्ट कारखाना र स्थानीय बिचको द्वन्द्व समाधानमा समन्वय गर्नुका साथै उद्योग, पर्यटन लगायतका क्षेत्रमा सुरक्षाको प्रत्याभुति दिलाएको,
  • समाजका विभिन्न पक्षहरुसँग अन्तरक्रिया, सरकारी निकायहरुसँग समन्वय, Whole of Community Action Plan, Holistic Approach को अवधारणामा प्रहरी कार्य गरिएको, Moving from Paper plans to field actions अन्तर्गत प्रहरी कार्यहरु योजना बनाई गरिएको,