२०८२ चैत्र ३ , मंगलबार

देउवाले गरे कांग्रेस केन्द्रीय समितिको बैठक लाइभ गर्ने प्रस्ताव

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय समितिको बैठक लाइभ गर्ने प्रस्ताव गरेका छन् ।

धुम्बाराहीस्थित आफ्नो निवासमा पदाधिकारीको बैठकका एजेण्डा तय गर्न  बोलाइएको वर्तमान र पूर्व छलफलमा देउवाले उक्त प्रस्ताव राखेका हुन् । बैठकमा सहभागी सहमहामन्त्री फरमुल्लाह मन्सुरले भने, ‘सभापतिले केन्द्रीय समितिको बैठक लाइभ गर्न प्रस्ताव गर्नुभएको छ । यसमा फरक फरक विचार बैठकमा आएका छन् ।’

 

बैठकमा नौ वटा एजेण्डामाथि छलफल हुने उनले तय भएको उनले बताए । समसामयिक, नीति महाधिवेशन, अनुशासनको विषय, लगायतमा छलफल हुने उनले जानकारी दिए । पूर्व गृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेको विषयमा केन्द्रीय सदस्यले धारणा राख्नसक्ने मन्सुरले बताए ।

कांग्रेस केन्द्रीय समिति बैठक भोलि साउन २ गते बस्दै छ ।