२०८१ बैशाख २१ , शुक्रवार

टिभी रियालिटी शो ‘दोहोरी आइकन’ सुरू हुँदै

सुनाखरी न्युज /  काठमाडौं  – टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’को आयोजना हुने भएको छ । शोको केही सातापछि डिजिटल र अनलाइन अडिसन सुरु हुन लागेको काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा केही सातापछि डिजिटल र अनलाइन अडिसन सुरू हुने जानकारी दिइयो ।

 

एजे इन्टरटेनमेन्टले आयोजना गर्न लागेको शोको निर्णायकमा कोमल वली, पशुपति शर्मा र कुलेन्द्र विश्वकर्मा छन्। होस्टको रूपमा पिएन सापकोटा र शोभा त्रिपाठी रहनेछन्।प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रूपैयाँ पुरस्कार र वल्र्ड टुरको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ ।

 

प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वल्र्ड टुरको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ । अजय पोखरेलको अध्यक्षता भएको पत्रकार सम्मेलनमा लोकगायिका कोमल वली, समाजसेवी रमेशबाबु श्रेष्ठ, गायक पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा, कृष्ण रेउले, दीपक खड्का लगायतको उपस्थिति थियो ।‘दोहोरी आइकन’मा मौलिकता र नयाँ प्रतिभालाई विशेष जोड दिइने निर्णायकले बताएका छन ।