२०८१ बैशाख २१ , शुक्रवार

बिलबोर्ड इतिहासमा लगातार सूचीकृत हुने पहिलो गायिका

सुनाखरी न्युज /  काठमाडौं –  ‘बिलबोर्ड हट हन्ड्रेड’ सूचीका सबै १० चार्टमा कब्जा जमाउँदै गायिका टेलर स्वीफ्टले कीर्तिमान रचेकी छन । बिलबोर्डको ६४ वर्षको इतिहासमा पहिलोपटक यो रेकर्ड कायम भएको हो । बिलबोर्डको शीर्ष १० मा रहेको चार एल्बममध्ये यो एक हो । बिलबोर्डका अनुसार विश्व संगीत इतिहासमा पहिलोपटक गायिका स्वीफ्ट लगातार सूचीमा समावेश हुने पहिलो महिला गायिका बनेकी छन ।

 

स्विफ्टले इतिहासमा सबैभन्दा बढी नम्बर १ एल्बमको साथमा महिला कलाकारको लागि रेकर्ड पनि बनाएकी छन् । उनको रेकर्डसँग ११ पुगेको छ । यो कीर्तिमान अर्की गायिका बार्बरा स्ट्रिस्यान्डभन्दा अगाडि छ । यसअघि उनीहरुले ११/११ संख्यामा कीर्तिमान रचेकी थिइन् ।‘एलपी मिडनाइट’का सबै गीत १० सूचीमा अटाएका हुन् । गत साता नै स्वीफ्टले यसअघि ड्रेक र बिटल्सले कायम गरेका कीर्तिमानलाई तोडेकी हुन् ।

 

टेलर स्वीफ्ट पछिल्लो समय अंग्रेजी संगीतकै विश्वचर्चित गायिका हुन् । उनका प्रत्येक गीतले बिलबोर्ड मात्र होइन, गैरअंग्रेजीभाषी समुदायमा पनि लोकप्रियता पाएका छन् । टेलर्स भर्सन भनिएको ‘स्पिक नाउ’ एल्बम गत साता सार्वजनिक भएको थियो । यसअघि स्वीफ्टका एल्बमहरु सन् २०२२ को मिडनाइट पाँचौं स्थानमा, २०१९ को लभर सातौं स्थानमा, २०२० को फल्कलोर १० औं स्थानमा सूचीकृत थिए ।‘स्पिक नाउ  टेलरको संस्करण’ स्विफ्टले हालसम्म रिलिज गरेकाभन्दा निकै चर्चित एल्बम रह्यो ।

 

उनले सबै एल्बमलाई रिमेक गर्ने अभियानअन्तर्गत यसलाई पुरानो लेबल बिग मेसिनका लागि रेकर्ड गरेकी थिइन् । अघिल्लो एल्बम रेड ६ लाख ५० हजार युनिट बिक्री भएको थियो, जुन दोस्रो स्थानमा छ ।