२०८१ बैशाख २६ , बुधवार

यस्ता छन् मेहेन्दीका फाइदाहरु ?

सुनाखरी न्युज  / काठमाडौं –  साउने संक्रान्तिकै दिन मेहेन्दी लगाउने चलन चलिआएको छ । मेहेन्दी सुन्दरताका लागि मात्र नभइ यसको प्रयोग विभिन्न स्वास्थ्य समस्यामा पनि गरिन्छ । के–के छन त मेहेन्दीका फाइदाहरु ?

-मेहन्दी र क्यासटलको पातलाई समान मात्रामा पिसेर त्यसको मिश्रणलाई मन तातो बनाउनु पर्छ । अब यो लेपलाई घुँडामा लगाउनाले घुँडा दुख्ने समस्याबाट राहत प्राप्त हुन्छ । गर्मीमा राहत प्राप्त गर्नका लागि मेहन्दीको लेपले टाउकोमा शितलता प्रदान गर्छ ।

 

-मेहन्दीको ताजा पातलाई सफा पानीमा भिजाउनु पर्छ । रातभरी राखेपछि त्यसलाई बिहान छानेर पिउनु पर्छ । यसो गर्नाले शरीरमा उत्पन्न भएको गर्मी कम हुन्छ ।

-मेहन्दीमा दही, अमलाको धुलो, मेथीको धुलो मिलाएर घोल तयार गर्नु पर्छ । यसलाई कपालमा लगाउने र एकदेखि दुई घण्टापछि सफा पानीले कपाल पखाल्नु पर्छ । यसो गर्नाले कपाल कालो,बाक्लो र चम्किलो हुन्छ ।

 

-मेहेन्दीमा चिसो विशेषता भएकाले यसको उपयोग शरीरमा बढेको गर्मी कम गर्नका लागि गरिन्छ । हात र खुट्टामा मेहन्दी लगाउनाले शितलताको अनुभव हुन्छ ।

-टाउको दुख्ने अथवा माइग्रेन जस्ता समस्याका लागि पनि मेहन्दी एउटा राम्रो उपाय हो । मेहन्दीलाई पिसेर टाउकोमा लगाउनाले टाउको दुख्ने र माइग्रेनको समस्यामा फाइदा पुग्छ ।