२०८१ जेठ ६ , आइतवार

आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको एकीकृत कारोवार आरम्भ

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न “घ”वर्गको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा ईजाजत पत्र प्राप्त बागमती प्रदेश नुवाकोट जिल्ला, ककनीगा.पा.–०६ जुरेथुममा रजिष्टर्ड कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्ला, बनेपा न.पा.–१३ सांगामा रजिष्टर्ड कार्यालय रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड लाई प्राप्ति(एक्विजिशन)गरी आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम बाट एकीकृत वित्तीय कारोबार सञ्चालन भएको छ ।

 

शुभारम्भ कार्यक्रम साविकआशा लघुवित्त वित्तीय संस्थालि.को अध्यक्ष निर्गुण प्रसाद भट्टचनको सभापतित्व तथा संस्थापक अध्यक्ष रामबहादुर पाण्डेको प्रमुखआतिथ्यमा सुरुवातभएको उक्तकार्यक्रममाप्रमुखअतिथिश्री रामबहादुर पाण्डेले केन्द्रीयकार्यलयमा रिवन काटी पानसमाबत्तीबालेर उद्घाटन गर्नु भएको थियो । विहान ९ बजे सुरु भएको कार्यक्रममा साविकराष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकी कार्यकारी निर्देशकश्री जयालोहनीले स्वागतमन्तव्यव्यक्तगर्नु भएको थियो । शुभारम्भकार्यक्रमाअतिथिहरु श्री रमेश सिंह खड्कातथाश्री शंकर प्रसादकालिकोटाले मन्तव्यव्यक्तगर्दै उत्तरोत्तर प्रगतिको कामनागर्नु भएको थियो । शुभारम्भ कार्यक्रमको सञ्चालन साविकआशा लघुवित्त वित्तीय संस्थाको प्रमुखकार्यकारी अधिकृत श्री बद्री प्रसाददुलालले गर्नु भएको थियो।

उक्त कार्यक्रमा दवै संस्थातर्फका पुर्व अध्यक्ष, संचालक तथा प्रमुख कार्यकारी अधिकृतहरु लाई प्रमुख अथिती रामबादुर पाण्डे तथा कार्यक्रमा सभापति निर्गुण प्रसाद भट्टचनले प्रशंसा पत्रप्रदान गरी सम्मान गर्नु भएको थियो ।एकीकृत कारेवार पश्चातआशा लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत्र मसान्तको वित्तीय प्रतिवेदको आधारमा संस्थाको कुलचुक्तापुँजी रु.६४,१६,१६,०००, जगेडा कोष रु.२४,९९,६३,८७०, बचत संकलन रु. २,७५,३६,१५,३२०, कुललगानीमा रहिरहेको कर्जा रु.८,७३,१७,३७,१९०, कुल शाखा कार्यालय संख्या १५६, कुल सदस्य संख्या १,२९,४४२, कुल ऋणी संख्या७३,६०५, कुलकर्मचारी संख्या ६१२पुग्ने वित्तीय संस्थाले जनाएको छ ।