२०८१ बैशाख २१ , शुक्रवार

नेप्सेमा वृद्धि, दुई अर्ब बढिको कारोबार

सुनाखरी न्युज/ काठमाडौं । चालू आर्थिक वर्षको अन्तिम दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १२.१६ अंकले घटेर दुई हजार ९७ दशमलब ९ विन्दुमा पुगेर बन्द भएको हो ।

आज दुई अर्ब ३७ करोड ६४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ९३ कम्पनीको शेयरमूल्य बढेको छ भने ११७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा सनराइज फोकस्ड इकयुटी फण्ड, एनआइबीएल ग्रोथ फण्ड, सानिमा ग्राथ फण्ड, सिटिजन्स म्युचुहल फण्ड २, माछापुच्छ्रे बैंक डिभेञ्चर, गरिमा विकास लघुवित्त वित्तीय संस्था रहेका छन् । यसको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा बढी लिवर्टी इनर्जी कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ६ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज १९ करोड १३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।