२०८१ बैशाख १५ , शनिवार

मानसिक स्वास्थ्य केन्द्रलाई जापानद्वारा साढे तीन करोड अनुदान

सुनाखरी न्युज/ काठमाडौं । जापान सरकारले काठमाडौंमा रहेको मानसिक स्वास्थ्य केन्द्रलाई तीन करोड ५३ लाख ६० हजार अनुदान रकम सहयोग गरेको छ । यो अनुदान रकम जीजीपी मार्फत नेपाललाई प्रदान गरिएको सबैभन्दा ठूलो रकम हो ।

 

काठमाडौंमा कोशिसद्वारा सञ्चालित मानसिक उपचार केन्द्र निर्माणको परियोजनालाई जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जीजीपी)अनुसार अनुदान रकम सहयोग गरेको हो । हस्तान्तरण कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताकाले परियोजनामा संलग्न सबैका लागि बधाइ तथा प्रशंसा व्यक्त गर्नुभयो ।

 

उहाँले यस परियोजनाबाट सञ्चालित नयाँ सुविधाको उच्च गुणस्तरीय चिकित्सक सेवा प्रदान गर्न र मानसिक स्वास्थ्य समस्याबाट पीडित बिरामीका लागि गतिविधि बढाउन सहयोग पुग्नेमा जोड दिनुभयो । उहाँले नयाँ केन्द्रबट उपलब्ध गराइने उत्कृष्ट स्वास्थ्य सेवाबाट बिरामीले चाँडोभन्दा चाँडो स्वतन्त्र जीवनयापन गर्न सक्ने आशा पनि व्यक्त गर्नुभयो ।