सुनाखरी न्युज / काठमाडौं – नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दै छ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठकको कार्यसूची तय गर्नका लागि कार्यालयको बैठक बस्न थालेको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।
बैठक दिउँसो ३ बजे पार्टी कार्यालयमा राखिएको छ । एमालेको सचिवालय बैठक शनिबार बिहान ११ बजे पार्टी मुख्यालयमा बोलाइएको छ । रासस