२०८१ बैशाख २१ , शुक्रवार

नेप्सेमा गिरावट, तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १२.६२ अंकले घटेर दुई हजार ८४ दशमलब ९३ विन्दुमा झरेर बन्द भएको हो ।

आज दुई तीन अर्ब ३९ करोड ६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ५४ कम्पनीको शेयरमूल्य बढेको छ भने १६५ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा एनएमबी डिभेञ्चर, एसबिएल डिभेञ्चर र एनआइबिएल समृद्धि फण्ड २ रहेका छन् । यसको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा बढी पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ६ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज २३ करोड ७५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।