२०८१ बैशाख २३ , आइतवार

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक अभियुक्त समातिए

सुनाखरी न्युज /  काठमाडौं  – नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक अभियुक्त पक्राउ परेका छन् । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको असन घर भएका ५९ वर्षीय केशव तुलाधरलाई पक्राउ गरेको हो।

 

उनलाई बुधवार काठमाडौंको सानोभर्‍याङबाट नियन्त्रणमा लिएको हो।असार १ गते नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौं रकम असुल गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले ‘हाइप्रोफाइल’ व्यक्तिसहित १६ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो । फरार रहेका अन्य मानिसको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।