सुनाखरी न्युज / काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले ठगी गर्ने सहकारी सञ्चालकहरूलाई कानूनअनुसार कारवाही गरिने बताएकी छन् । बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उनले सरकारले ठगी गर्ने सहकारीको अनुगमन र जाँचबुझ गरी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया जारी रहेको बताएकी हुन् ।
सहकारी ठगी गर्नेलाई प्रचलित कानूनबमोजिम जाँचबुझ गरी कारबाहीको प्रक्रिया अघि बढाएका छौं,’ उनले भनिन । सरकारले ४९ जिल्लामा गरीब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरीब परिचय पत्र वितरण कार्य सम्पन्न गरेको पनि उनले बताइन् ।
१५ वटा जिल्लामा गुनासो सुनुवाइको कार्यक्रम भइरहेको र १३ वटा जिल्लाको तथ्यांक विश्लेषण गर्ने कार्य भइरहेको उनको भनाइ छ ।