सुनाखरी न्युज/ काठमाडौं । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम–इलाम खण्डमा ट्रक (लोबेट) को ठक्करबाट एक जनाको ज्यान गएको छ ।
बुधवार दिउँसाे फिदिम नगरपालिका–३ लालिखर्कबाट राँके जाँदै गरेको प्रदेश २–०३–००१ ख ४८०७ नम्बरको ट्रकले ठक्कर दिँदा एक पुरुषकाे ज्यान गएकाे तर परिचय खुल्न बाँकी रहेकाे पाँचथर प्रहरीले जनाएको छ ।
ट्रकका चालक र सहचालक फरार रहेकाले खाेजी भइरहेकाे पाँचथरका प्रहरी निरीक्षक दिवश कुँवरले बताउनुभयाे । अहिले मृतककाे शव पाँचथर अस्पतालमा राखिएकाे छ ।