२०८१ बैशाख २१ , शुक्रवार

कोशी सरकार गठनविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश जारी

सुनाखरी न्युज/ काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

 

न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई मुद्दा किनारा नलागुन्जेल दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

 

प्रदेशसभाका सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई मान्यता दिएर उद्धव थापाको नेतृत्वमा गठन गरिएको सरकारविरुद्ध निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । कोशी सरकार गठन प्रक्रियालाई लिएर संघीय संसद्‍मा पनि व्यापक आलोचना भएको थियो ।