२०८१ बैशाख २१ , शुक्रवार

ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका सहलेखापाल विनोद पौडेल पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । प्रहरीले ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालिन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो । उनलाई काठमाडौंको चावहिल क्षेत्रबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

 

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।

 

ललिता निवासको १४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजंग कम्पनी थियो । तर दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ ।