२०८१ जेठ १ , मंगलबार

प्रचण्डसँगै दुई छोरीले दिए सीतालाई दागबत्ती

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहालको अन्यष्टिमा दागबत्ती दिएका छन्।

 

पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ सीताको अन्त्येष्टिमा प्रचण्डले दागबत्ती दिएका हुन्। प्रचण्डसँगै दुई छोरीहरू रेणु र गङ्गाले पनि हिन्दू परम्पराअनुसार तीन फेरा घुमेर दागबत्ती दिए ।

 

त्यसअघि, सीताको शवलाई नेकपा माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडाबाट राखिएको थियो। सीताको बुधबार बिहान निधन भएको थियो।