२०८१ बैशाख २१ , शुक्रवार

नेप्सेमा वृद्धि, कारोबार रकममा पनि सुधार

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से २५.३१ अंकले बढेर दुई हजार ९७ दशमलब ५५ विन्दुमा बन्द भएको हो ।

 

मंगलबार नेप्से नेप्से ४.७३ अंकले घटेर दुई हजार ७२ दशमलब २४ विन्दुमा झरेर बन्द भएको थियो । शेयर बजार बढेसँगै कारोबार रकम पनि बढेको छ । आज तीन अर्ब १८ करोड ७६ लाख बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा दुई अर्ब ८५ करोड ९४ लाख बराबरको कारोबार भएको छ ।

 

आज कारोबार भएका १८५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३८ कम्पनीकोे शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज दश कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा शिवश्री हाइड्रोपावर, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, रिभल फल्स, एनआइसी एशिया फ्लेक्जी क्याप, लक्ष्मी इक्विटी फण्ड, शुभम पावर, नेशनल हाइड्रो, कुमारी धनवृद्धि योजना, अरुण काबेली पावर र दिव्यश्वरी हाइड्रोपावर रहेका छन् ।

 

आज सबैभन्दा बढी रावा इनर्जी डेभलपमेन्टको लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ३३ करोड ९३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।