२०८१ जेठ ५ , शनिवार

राजु गिरीले दिए टिभी होस्टहरु विरुद्ध उजुरी

सुनाखरी न्युज /  काठमाडौं –  फिल्म निर्देशक राजु गिरीले टेलिभिजन कार्यक्रमका होस्टहरु विशाल भण्डारी र विक्की अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् ।

 

भण्डारी र अग्रवालले सञ्चालन गर्ने टिभी कार्यक्रमले आफ्नो बौद्धिक सम्पत्तिमा धावा बोलेको, हैरानी दिएको भन्दै गिरीले  उजुरी दिएका हुन् ।  गिरीले दर्ता गरेको उक्त उजुरीलाई जिल्ला प्रहरी परिसर, टेकुमा पठाएको छ ।