२०८१ जेठ ५ , शनिवार

कार्तिक र कियाराको लभस्टोरी ‘सत्यप्रेमकी कथा’ले कति कमायो ?

सुनाखरी न्युज /  काठमाडौं – कार्तिक आर्यन र कियारा आडवाणीको शीर्ष भूमिका रहेको बलिउड फिल्म ‘भूलभुलैया’ बक्स अफिसमा सफल रह्यो । अब यो जोडी अर्को फिल्म ‘सत्यप्रेमकी कथा’मा देखिंदैछ ।

 

बकर इर्दको अवसर पारेर प्रदर्शन गरिएको फिल्मले पहिलो दिन ९ करोड २५ लाख भारू कमाएको छ। हिन्दी फिल्म बजार विश्लेषकले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। फिल्मलाई दर्शक र समीक्षकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।

 

समीर विदवान्सले निर्देशन गरेको फिल्ममा कार्तिक र कियारासँगै सुप्रिया पाठक, गजराज राव, सिद्धार्थ रेन्देरिया, अनुराधा पटेल, राजपाल यादव, निर्मित सावन्त, शिखा तल्सानियालगायत कलकारको अभिनय छ।फिल्ममा कार्तिक एक गुजराती युवाको भूमिकामा देखिएका छन्। जो आफ्नो विवाहको लागि केटी खोजिरहेका हुन्छन्। उनको जीवनमा कियारा आउँछिन्। त्यसपछि उनीहरूको जीवनमा आउने उतारचढाबलाई फिल्ममा देखाइएको छ।