सुनाखरी न्युज / काठमाडौं – सीता दाहालको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा लगिएको छ । दाहालको बुधबार बिहान ८ बजेर ३३ मिनेट जाँदा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
उनी लामो समयदेखि दुर्लभ पार्किसन्स रोगबाट पीडित थिइन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार श्रद्धाञ्जलीका लागि सीता दाहालको पार्थिव शरीर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिनेछ ।
अन्तिम संस्कार भने दिउँसो २ बजे पशुपति आर्यघाटमा गरिने सचिवालयले जनाएको छ ।